site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महामारीको ७ महिनासम्म पनि पाएनन् ‘फ्रन्ट लाइन’का सुरक्षाकर्मीले जोखिम भत्ता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोरोना महामारीको सात महिनासम्म पनि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीले जोखिम भत्ता पाउन सकेका छैनन् । सरकारले आफैंले गरेको निर्णय कार्यान्वयन नगर्दा उनीहरुले जोखिम भत्ता पाउन नसकेका हुन् ।

स्वास्थ्यकर्मीसहित कोरोना कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणअन्तर्गत ‘फ्रन्ट लाइन’ मा खटिएका सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाउन नसकेका हुन् । नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल र नेपाली सेनाले आवश्यक सम्पूर्ण विवरण बुझाइसक्दा पनि जोखिम भत्ता पाउन नसकेका छैनन । 

सरकारले चैत ११ गतेबाटै लागु हुने गरी कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागु गर्न खटिने राष्ट्रसेवकलाई भत्ता दिने निर्णय गरेको थियो । हालसम्म सात हजार बढी सुरक्षाकर्मी आफैं कोरोना संक्रमित भइसकेका छन् । संक्रमणको उच्च जोखिममा रहेर काम गर्दासमेत समयमै भत्ता नपाएपछि उनीहरुमा निरासा बढ्दै गएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सेना, सशस्त्र र नेपाल प्रहरीले अग्रभागमा खटिने मातहत कर्मचारीको विवरणसहित भत्ता उपलब्ध पत्रसमेत पठाइसकेका छन् । अर्थ मन्त्रालयले रकम निकासा नगर्दा उनीहरु भत्ता पाउन नसकेका हुन् । मन्त्रिपरिषद्‍ले दैनिक तीन सय रुपैयाँदेखि जोखिमको अवस्था हेरेर  राबरकै रकम जोखिम भत्तास्वरुप दिने निर्णय गरेको थियो ।

कोरोनाविरुद्धका योजनामा सेना, सशस्त्र र नेपाल प्रहरी गरी ९० हजारको हाराहारीमा जनशक्ति खटिएको छ ।

Royal Enfield Island Ad

प्रहरी प्रधान कार्यालयले ५१ हजारको विवरण भत्ताका लागि पठाइएको छ । कोरोना जोखिमको मारमा अन्य सुरक्षा निकायभन्दा नेपाल प्रहरी नै बढी परेको देखिन्छ । हालसम्म ४२ सय प्रहरी कोरोना संक्रमित भइसकेका छन् ।

सेनाले जोखिम भत्ताबापत सरकारले तोकेको मापदण्डकै आधारमा ८ हजारको हाराहारीमा विवरण पठाएको छ । सेनामा पनि २२ सय बढी कोरोना संक्रमित छन् ।

सेनाको भत्ता पाउने सूचीमा सैनिक स्वास्थ्यकर्मी पनि छन् । प्रतिकार्य योजनाअन्तर्गत दैनिक २१ हजार सैनिक जनशक्ति परिचालन बताए । उनीहरुले सचेतना फैलाउने, लकडाउन कार्यान्वयन गराउने, यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने, विभिन्‍न स्थानमा हेल्थ डेस्कमा रहेर काम गर्दै आएका छन् । संक्रमितको शव व्यवस्थापन सेनाले नै गर्दै आएको छ । सशस्त्र प्रहरीले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खटिँदै आएका ३१ हजारको विवरण मन्त्रालयमा पठाइसकेको छ ।

सशस्त्रको ठूलो जनशक्ति सीमा सुरक्षामा परिचालित छ । सशस्त्रमा पनि एक हजार बढी हाराहारीमा कोरोना संक्रमित छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro