site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विवादका बीच अस्ट्रेलियन पत्रकारले चीन छोडे
Ghorahi CementGhorahi Cement

काठमाडौं । दुई अस्ट्रेलियन सञ्‍चारमाध्यमहरुले चीनमा रहेका आफ्ना संवाददाताहरुलाई फिर्ता बोलाएका छन् । 

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका बिल बिर्टलेस र अस्ट्रेलियन फाइनान्सियल रिभ्युका माइक स्मिथ मंगलबार सिड्नी फर्किएका हुन् । 

Agni Group

उनीहरु चीनबाट फर्किनुअघि उनीहरुलाई चिनियाँ अधिकारीहरुले फर्किनुको कारणबारे सोधपुछ गरेको थियो । 

यस वर्ष अस्ट्रेलिया र चीनबीचको सम्बन्धमा समस्या उत्पन्‍न भएको छ । अस्ट्रेलियन विदेश मन्त्री मराइ पायनीले चीनमा रहेका अस्ट्रेलियन पत्रकारहरुलाई कन्सुलर कार्यालयले सहयोग गर्ने बताएकी छन् । 

Global Ime bank

उनले मंगलबार भनिन्, "बेइजिङमा रहेको आफ्नो दूतावास र सांघाइस्थित कन्सुलेट जनरलले चीनमा रहेका अस्ट्रेलियन पत्रकारको सुरक्षा र फिर्ताको व्यवस्थापन गर्नेछ ।" 

चिनियाँ अधिकारीहरुले पत्रकारलाई गत महिना पक्राउ परेका चिनियाँ मिडियामा कार्यरत अस्ट्रेलियन पत्रकार चेङ लिबारे पनि सोधपुछ गरिएको एएफआरले जनाएको छ । 

बिर्टलेसलाई गत बुधबार मध्यराति सात जना चिनियाँ प्रहरी उनको अपार्टमेन्टमै पुगेर साथीहरु रमाइलो गरिरहेका समयमा नियन्त्रणमा लिएका थिए । उनलाई नियन्त्रणमा लिनेवित्तिकै अस्ट्रेलियन काउन्सिलर अधिकारीहरुले फिर्ता लगेका थिए । 

उनलाई चिनियाँ प्रहरीले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन नछोड्न चेतावनी दिएको थियो । बिर्टलेसले चार दिन दूतावासमा बिताएर मंगलबार अस्ट्रलिया फिर्ता भएका हुन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC