site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाराक ओबामा भन्छन्– कमलालाई छनोट गर्नु बाइडेनको सबैभन्दा उत्तम निर्णय 
Sarbottam CementSarbottam Cement

एजेन्सी । पूर्वराष्ट्रपति बाराक ओबामाले क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उमेदवार घोषणा गर्नु बाइडेनको सबैभन्दा उत्तम निर्णय भएको बताउँदै समर्थन जनाएका छन् । 

उनले आफ्नो ट्वीट मार्फत भनेका हुन्, “राष्ट्रपतिले लिने सबैभन्दा पहिलो महत्वपूर्ण निर्णय भनेकै उपराष्ट्रपति छनोट गर्नु हो । किनकी ओभल अफिसमा रहँदा हामीले जटिल विषयहरुको सामना गर्नुपर्ने हुन्छ जसमा हाम्रा प्रत्येक छनोटले देशभरको जनजीवनमा प्रभाव पारिरहेको हुन्छ । त्यसैले यसमा आफ्नो साथमा उचित निर्णय लिन सक्षम र असल चरित्र भएको व्यक्ति आवश्यक पर्दछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

ओबामाको दुवै कार्यकालमा बाइडेनले उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए । र अहिले २०२० निर्वाचनमा राष्ट्रपतिका लागि उमेदवार रहेका बाइडेनले उपराष्ट्रपतिमा ह्यारिसलाई चुन्नुले बाइडेनकै चरित्र र निर्णायक क्षमता पनि प्रस्तुत गरेको ओबामाले बताउँछन् । यी दुवै गुण राष्ट्रपतिका लागि अति आवश्यक रहेको पनि उनको भनाइ छ । 

उनले थप भनेका छन्, “मैले सिनेटर ह्यारिसलाई लामो समयदेखि चिनेको छु । उनी वास्तवमै यो कामका लागि एकदमै उपयुक्त र तयार छिन् । ” ह्यारिस पहिलो दक्षिण एसियाली एवम् अश्वेत महिला हुन् जो प्रमुख पार्टीबाट अमेरिकी उपराष्ट्रपतिका लागि उमेदवार बनेकी छन् । यसअघि उनले क्यालिफोर्नियामा महान्याधिवक्ताको कार्यभार पनि सम्हालिसकेकी छन् । यसरी सिनेट रहँदा चाहिँ ह्यारिसले न्यायपालिका र खुफिया समिति दुवैमा काम गरिसकेकी छन् ।

Global Ime bank

यो वर्ष मात्र उनले कोभिड–१९ सम्बन्धी आपत्कालीन सहायता प्रदान गर्ने कानुनको प्रस्ताव अघि सारेकी हुन् जसमा स्न्याप कार्यक्रमको माध्यमबाट मातृ मृत्यु दर विरुद्ध महामारीको समयमा मानिसहरुलाई बेदखलीबाट जोगाउन र सबैलाई खानाको राम्रो पहुँच प्रदान गर्नुपर्ने उनको पहल थियो ।  

त्यस्तै ओबामाले ह्यारिसको जीवन कथाको पनि प्रशंसा गर्दै उनमा धेरै मानिसहरुले आफ्नो छवि देख्ने गरेको बताएका हुन् । उनले भनेका छन्, “उनको जीवनले के स्पष्ट पार्दछ भने तपाईँ जहाँबाट जसरी आउनु भएको भएपनि, जस्तो रुपरेखाको भएपनि, जुन भगवान्लाई मान्ने भएपनि, जसलाई माया गर्ने भएपनि यहाँ तपाईँका लागि बराबर स्थान छ भन्ने देखाउँछ । यसले वास्तविक अमेरिकी धारणाको प्रतिनिधित्व गर्दछ । ”

उनले अन्त्यमा थप भनेका हुन्, “यो वास्तवमै हाम्रो देशका लागि राम्रो दिन हो । अब जाऔँ सबै मिलेर यसलाई प्राप्त गरौँ ।”  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  ०५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC