site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्न अवैधानिक काम गर्नुभएको छ, हामी मान्दैनौं
Ghorahi CementGhorahi Cement

नेपाली कांग्रेसमा आगामी महाधिवेशनको तयारी तीव्ररुपमा अघि बढेको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी छ । सभापति शेरबहादुर देउवाले विभाग विस्तार भर्खर गर्दैछन् । विभाग विस्तारलाई मान्यता नदिने संस्थापनइतर समूहको तयारी छ । यतिबेला विभाग विस्तार गर्नु भनेको निर्वाचनमा प्रभाव पार्नु भएको संस्थापनइतर समूहको ठहर छ । तीमध्येका एक नेता डा. रामशरण महत

डा. महतले अहिले नेतृत्वकै कारण कांग्रेस अप्ठेरोमा रहेको बताउँदै नेतृत्वले निर्वाचन प्रभाव पर्नेगरी गरेका कामलाई आफूहरुले मान्यता दिन नसक्ने बताए । प्रस्तुत छ, कांग्रेस महाधिवेशनमा केन्द्रित रहेर बाह्रखरीका बलराम पाण्डेसँग डा. महतले गरेको कुराकानीः

नेपाली कांग्रेस अब महाधिवेशनमा होमिएको हो ? कि केही प्रक्रिया बाँकी नै छन् ?

Agni Group

एक हिसाबले तयारी सुरू भयो । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु भएको छ । अब महाधिवेशन केन्द्रित काम सुरू भएको छ ।

फागुनमा महाधिवेशन गर्ने भन्नुभएको छ । सम्भावना कत्तिको छ ?

Global Ime bank

फागुनमा गर्नुपर्छ भन्ने प्रतिवद्धता हामी सबैको छ । सभापतिको पनि छ । फागुनमा सम्पन्न गर्न कार्यतालिका बनाइएको छ । त्यसबेला अधिवेशन सम्पन्न गर्न के–के प्रक्रिया पूरा गर्नुपर्छ भन्ने कार्यतालिका बनेको छ । पहिलो तयारी भनेको नयाँ संविधानअनुसार संरचना बनाउनुछ । तीन तहको संरचनाअनुरुप अन्तरिम संरचना तयार गर्नुपर्‍यो । करिब करिब तयारी सम्पन्न हुन लागेको छ । 

क्रियाशील सदस्यता नवीकरण गर्ने र वितरण गर्ने काम सुरु हुँदैछ । त्यो प्रक्रिया पनि स्थानीय तहदेखि वडासम्म हुँदैछ ।  त्यसको छानबिन पनि हुनुपर्‍यो । फाइनलाइज भइसकेपछि स्थानीय तहदेखि हरेक तहको अधिवेशन हुन्छ । सबै सम्पन्न भइसकेपछि महाधिवेशन सम्पन्न हुन्छ ।  कार्यतालिका बनेको छ । कार्यतालिकाअनुरुप नै सबै काम भयो भने फागुनमै हुन्छ । कतिपय काम ढिलाइ हुन पनि सक्छ ।

कतिपय ठाउँमा आवतवजावत गर्न कठिनाइ छ कोरोनाका कारणले । ढिला भयो भने एक दुई महिनासम्म हुन सक्ला ।  जेठसम्म जसरी पनि सम्पन्न हुन्छ भन्ने विश्वास छ । असार लागेपछि महाधिवेशन सम्पन्न गर्न सकिँदैन ।  चैतभन्दा ६ महिनाभन्दा पर लैजान सक्ने अवस्था छैन । वैशाख जेठसम्म अधिवेशन सम्पन्न हुन्छ नै । 

मुलुक संघीय संरचनामा गएको धेरै भइसक्यो । कांग्रेस अझै जान नसकेको किन ?

विधानअनुसार गर्नुपर्‍यो । यो महाधिवेशनले नै गर्ने हो ।

कतिपय ठाउँमा समायोजन नै हुन सकेको छैन होइन र ?

१०–११ वटा जिल्लामा अधिवेशन सम्पन्न हुन सकेको छैन । निर्वाचन समितिलाई छिटो गर्न भनेर दबाब दिएका छौं । अब समायोजनको काम पनि हुँदैछ ।

तपाइँहरुले क्रियाशील सदस्यता १० लाख पुर्‍याउने भन्नुभएको छ । यो महत्वाकांक्षी योजना होइन ?

१० लाख पुर्‍याउनुपर्छ । अहिले पार्टी समावेशी बनाउनका लागि महिला, दलित, दुर्गम क्षेत्रको प्रतिनिधित्व सबै हुनुपर्छ । प्रतिनिधिहरुको संख्या त्यसैले पनि बढी हुन्छ । संख्या त्यसले गर्दा बढ्छ । क्रियाशील सदस्य ५० प्रतिशत हरेक महाधिवेशनमा बढेको हुन्छ । अहिले संरचना पनि धेरै छन् अब बढी हुनु स्वाभाभिक हो ।
अहिले अन्य पार्टीबाट पनि कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढ्दो छ । त्यसैले पनि क्रियाशील सदस्य बढी चाहिन्छ ।

कांग्रेस क्याडरबेस्ड पार्टी हुन लाग्यो भन्ने आरोप छ नि ! मास्डबेस्ड पार्टी भनेर चिनिन्थ्यो होइन र ?

कांग्रेस मास्डबेस्ड पार्टी नै हो तर अलिकति कार्यकर्ता पनि हुन्छन् । क्रियाशील सदस्य भनेको पार्टीको कार्यकर्ता पनि हो । धेरै पदाधिकारी पनि हुन्छन् । उनीहरु त कार्यकर्ता नै हुन् । 

क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले एकलौटी गर्न खोज्यो भन्ने कुरा उठेको छ । यो सही हो कि गलत ?

यो कुरा सत्य हो । अहिले पदाधिकारीले नै गल्ती गरेको पाइएको छ । किनभने आफ्नो पक्षमा जिल्लामा पकड छैन भने त्यहाँ बाधा पुर्‍याउने काम भएको छ ।  समायोजन आफूअनुरुपको नभएको भन्दै पदाधिकारीले रोक्न खोजेको देखिन्छ । समायोजन सम्पन्न भइसकेको ठाउँमा क्रियाशील सदस्यता वितरणमा अवरोध पुर्‍याइएको छ । 
डडेल्धुरामा समायोजन भए पनि अझै क्रियाशील सदस्यताका लागि फर्म पठाइएको छैन ।  यस्तै कतिपय जिल्लामा फर्म पठाइएको छैन । यो पक्षपातपूर्ण भएको छ ।  सबैलाई समानरुपले व्यवहार गर्नुपर्छ भनेर भनेका छौं । अनावश्यकरुपमा केन्द्रले हस्तक्षेप गर्नुहुँदैन भनेर भनेका छौं ।

आगामी महाधिवेशनमा फेरि पनि नेतृत्व लिने योजनाअनुरुप भएको छ भन्न खोज्नुभएको हो ?

त्यस्तै गतिविधि देखिन्छ । सभापतिले अहिले विभाग गठन गरिरहनुभएको छ । त्यसमा हामीले आपत्ति जनाएका छौं । किनभने विधिपूर्वक विभाग गठन हुन्छ । विधानअनुसार अधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै विभाग गठन गरिसक्नुपर्ने हुन्छ । अघिल्लो कार्यकालमा सुशील कोइरालाले साढे २ वर्षमा विभाग गठन गर्नुभएको थियो शेरबहादुर देउवाले मान्नुभएन । यो ठिक भएन भनेपछि सुशील कोइरालाले रोकिदिनुभयो । अब अहिले अवधि नै सकिएको छ । 

चारवर्षको अवधि पनि सकिएको छ । यो त बढाएको समय हो । यो कामचलाउ अवस्था हो ।  यो बेला विभाग गठन गर्न पाइँदैन । आचारसंहिता विपरीत हुन्छ, तर उहाँले आचारसंहिता विपरीत काम गर्नुभएको छ ।  नियुक्ति गरेँ भनेर महाधिवेशनमा समर्थन जुटाउन खोजिँदैछ । समर्थन जुटाउन पद बाँड्ने काम गरिएको छ, यो तत्काल बन्द हुनुपर्छ । 

यो अधिवेशनलाई प्रभाव पार्ने काम हो । यो अवैधानिक हो भनेर हामी भन्छौं । त्यो अवैधानिक हो । यो पहिलो अवैधानिक हो, अर्को कुरा निर्वाचन प्रभाव पार्ने काम भएको छ । यी सबै गलत हुन् यो रोकियोस् भनेर हामीले माग गरेका छौं । 

तर सभापतिले रोक्नुभएन गएरातिमात्रै धेरै विभागहरुलाई पूर्णता दिइएको छ, यसलाई कसरी लिनुभएको छ ?

यो अवैधानिक काम हो । विधान विपरीत हो । पार्टीभित्रै ठूलो विरोध भइरहेका बेला उहाँले पूर्णता दिँदै हुनुहुन्छ । अवधि सकिएपछि निर्वाचनका लागि विधान विपरीत काम गर्नुभएको छ । निर्वाचनलाई प्रभाव पार्न उहाँले यो काम गर्नुभएको छ । यो विभागमा रहनेको पनि शोषण हो । किनकि अवैध विभागमा उहाँहरु बस्नुहुँदैन । मेरो पक्षमा आउन् भनेर नियुक्ति दिएजस्तो हो ।

सभापतिले पदको दुरुपयोग गर्नुभएको हो ?

उहाँ (शेरबहादुर देउवा) ले पदको दुरुपयोग गर्नुभयो । अनियमित र अवैधानिक काम भयो । आचारसंहितको पनि खिलाफमा हो । उहाँले रोक्नुभएन भने हामीले अस्वीकार गर्छौं । हामीले मान्यता दिँदैनौँ ।

नेतृत्वको होडबाजी छ । देउवाको विकल्प नखोजी नहुने अवस्थामा इतर पक्षले एउटा उमेदवारी दिने तयारी गरेको हो ?

को निर्वाचनमा लड्ने भन्ने त मनोनयन दर्ता गर्ने बेलामा हुन्छ । इच्छा धेरैको हुन सक्छ । को उमेदवार हुन्छ भन्ने मनोनयन गरेपछि हुन्छ । मलाई पनि धेरै कार्यकर्ताले नेतृत्व लिन तयार रहनुस् भन्नुभएको छ । तपाइँ नै उपयुक्त व्यक्ति हो भनेर भन्नुभएको छ । उठ्नका लागि मेरो पनि दाबी रहेको छ । 
प्रतिनिधिको समर्थन हेरेर निर्णय लिनुपर्ने हुन्छ । 

तपाईं नेपाली कांग्रेसको सभापति बन्नुभयो भने अहिलेको भन्दा पार्टीमा के फरक हुन्छ र ?

मेरो स्वार्थ भनेको राष्ट्रको हित हो । त्यसपछि पार्टीको हित हो । पार्टी गुटबन्दीमा चल्नुहुँदैन । गुणका आधारमा जिम्मेवारी दिनुपर्छ । नियुक्ति गर्नुपर्छ । कसैलाई जिम्मेवारी दिनुअघि को कुन जिम्मेवारी दिँदा को उपयुक्त छ भनेर हेर्न सक्नुपर्छ । निष्पक्ष ढंगले व्यवहार गर्नुपर्छ । सारा संसारभर प्रजातान्त्रिक पार्टीमा नेपालमा जस्तो प्रतिष्पर्धा हुँदैन ।  नेतृत्व कसलाई दिने भन्ने कुरा उपयुक्त व्यक्ति, वरिष्ठताको आधारमा, क्षमताको आधारमा सबैले आग्रह गरेर नेतृत्व गराउनुपर्ने हो निर्विरोधका आधारमा ।

नेतृत्वले नै गुट बनाउन थालेपछि सबैले बनाउँछन् । यसको असर राष्ट्रिय निर्वाचनमा पनि पार्ने गरेको छ । पार्टीभित्र गुटउपगुट पहिले हटाउनुपर्छ । पार्टीको नेतृत्व गुटभन्दा माथि हुनैपर्छ । संकुचित भावना र गुटबाट प्रेरित हुनुहुँदैन । मेरो दृष्टिकोण पनि त्यही हो ।

कांग्रेसमा गुटउपगुट झनै मौलाएको छ त अहिले किन ?

नेतृत्वले नै गुट बनाएपछि सामना गर्नका लागि अरुले पनि बनाउछन् । नेतृत्वले आवश्यकताको आधारमा कहाँ को उपयुक्त हुन्छ भनेर हेर्न सक्नुपर्छ । पार्टीको इतिहासमा यस्तो गुट थिएन ।

कतिपयले अझै पनि कांग्रेसमा कुनै साना पार्टी मिलाएर महाधिवेशन सार्ने बहानाबाजी हुँदैछ भन्छन् नि हो ?

कतिपयले आशंका गरेका पनि छन् । तर सभापतिले महाधिवेशन गर्ने नै हो भन्नुभएको छ । हामी आशावादी नै छौं ।  महाधिवेशन निष्पक्ष ढंगले हुनैपर्छ । 
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC