site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जब जबज र ओलीलाई सर्वोच्च नेता स्वीकार्न प्रचण्डलाई दबाब आयो...
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै एकता महाधिवेशनको प्रस्ताव गरे । स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दुवै छाड्न दबाब बढिरहेको अवस्थामा ओलीको अनौठो प्रस्ताव थियो, त्यो ।

चैतको अन्तिम साता (२५ देखि ३० गतेसम्म)कै महाधिवेशन असम्भव भइरहेका बेला ओलीको अप्रत्यासित प्रस्तावले सचिवालयका सदस्यहरू आश्चर्यमा पर्नु स्वाभाविकै पनि थियो ।

मौखिक रूपमा आएको त्यो प्रस्तावबारे सचिवालयमा ठोस निर्णय त भएन । तर, विभिन्न कोणबाट व्याख्या भइरहेको छ । सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई अध्यक्षको सहमतिमा आएको प्रस्ताव कार्यान्वयन नहुनु आश्चर्यको कुरा भएको बताएका छन् । मङ्गलबार कार्यकक्षमा केही सञ्चारकर्मी बोलाएर ओली र प्रचण्डले संयुक्तरूपमा प्रस्तुत गरेको विषय सचिवालयले प्रस्तावका रूपमा अगाडि सार्न नसकेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले अघि सारेको अर्ली महाधिवेशनलाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले असम्भव प्रस्तावको दर्जा दिँदै पार्टीभित्रको संकट टार्ने नयाँ अस्त्रका रूपमा बुझेका छन् ।

नेकपाभित्र अर्ली महाधिवेशनको ज्वरो कम्ता नभइरहेको अवस्थामा नेता नेपाल समूहले भने प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्ड सहमतिको नजिक पुगेको ‘खुलासा’ गरेको छ ।

Global Ime bank

मङ्गलबारको स्थायी कमिटी बैठक पौनेघण्टा बसेर एक साताका लागि धकेलिएपछि माधव नेपालपक्षीय स्थायी कमिटी सदस्य कोटेश्वरमा जुटेका थिए । प्रचण्डले ओलीसँग कुनै सहमति भएको छैन पनि भन्ने पटकपटक स्थायी कमिटी बैठक धकेली पनि रहने गर्दा नेपाल समूह थप सशङ्कित बनेको थियो ।

भेलामा ओली र प्रचण्डबीच हुनै लागेको नयाँ समझदारी–सहमति जनताको बहुदलीय जनवाद (जबज)मा पुगेर अड्किएको चर्चा भएको एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार पार्टी महासचिव विष्णु पौडेल र जनार्दन शर्मासमेत भएर ओली र प्रचण्डलाई मिलाउने सूत्रको खोजी भएको थियो । 

विभिन्न विकल्पमा छलफल भए पनि अन्तिममा अर्ली महाविधेशन सहमतिको विन्दु बनेको थियो ।

अन्त्यमा शीतल निवासलाई चासो भयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएपछि पौडेल र शर्मा समेतलाई साक्षी राखेर सहमति गर्ने प्रयासमा ओली समूह लागेको थियो । सचिवालयको बैठक सकिएपछि त्यही उद्देश्यका साथ अध्यक्ष प्रचण्डलाई शीतल निवास पुर्‍याइएको थियो ।

“शीतल निवास पुर्‍याएपछि राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई पार्टीको कार्यदिशा जनताको बहुलीय जनवाद हुनुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सर्वोच्च नेता मान्नुपर्ने प्रस्ताव गर्नुभएछ,” नेता नेपालनिकट एक सदस्यले बाह्रखरीलाई भने ।

अर्ली महाधिवेशनबाट एकल नेतृत्व लिने मनोकाङ्क्षाका साथ शीतल निवास पुगेका प्रचण्डलाई पूर्वएमालेको लिगेसी थाप्लामा बोकेर हिँड्नुपर्ने कुराले झस्काएको र हतारहतार छोरी गंगा दाहालमार्फत् सहमति नभएको कुरा बाहिर ल्याएर क्षति हुनबाट जोगाएको नेपाल पक्षको दाबी छ ।

यो कुरा पार्टी अध्यक्ष प्रचण्ड र उनी निकट नेताहरूसँगको अनौपचारिक संवादका क्रममा बाहिर आएको ती सदस्यको भनाइ छ ।

पहिलो वरीयताको अध्यक्ष स्वीकार गरेर पार्टी एकता गरेकाले ओलीलाई सर्वोच्च नेता मान्न प्रचण्डलाई कुनै अप्ठ्यारो थिएन । तर, जनताको बहुदलीय जनवादको सर्त तेर्स्याएपछि प्रचण्ड पछाडि हच्किएको नेपाल पक्षको बुझाइ छ ।

यद्यपि, ओली र प्रचण्ड मिल्दामात्रै आफ्नो, नेकपा र पार्टी एकताकै भविष्य सुरक्षित देख्ने पूर्वमाओवादी केन्द्रका नेताहरू अहिले पनि बालुवाटारमै संवाद बढाइरहेका छन् । प्रचण्डलाई सहमतिको विन्दुमा ल्याइ छाड्ने जिकिर गरिरहेको नेपाल पक्षका नेता बताउँछन् ।

प्रचण्ड ढल्किए पनि एक व्यक्ति एक पद

निवासमा भेला भएका स्थायी कमिटी सदस्यलाई प्रचण्ड अझै अलमलमा रहेकाले ओलीतिर गइहाले भन्ने अवस्था नरहेको नेपालले ब्रिफिङ गरेका छन् । प्रचण्ड अझै ढलपलको अवस्थामा रहेको नेपालले बताएका थिए ।

वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, मणि थापा नै ओली–प्रचण्ड मिले मात्रै निकास निक्लने विचारमा अडिइसकेकाले प्रचण्ड मात्रै नेपालसँग कतिञ्जेल  रहलान् भन्ने प्रश्न भए पनि यसले तात्विक असर नपार्ने नेपालले भेलामा बताएका थिए ।

“प्रचण्डले नै साथ छाड्नुभयो । ओलीसँगै एकतामा आफ्नो भविष्य सुरक्षित देख्नुभयो । एकता दिगो बन्छ भन्ने उहाँलाई लाग्यो भने हामीलाई भन्नु केही छैन,” नेपालको भनाइ उद्धृत गर्दै एक सदस्यले बाह्रखरीसँग भने, “साथ छोडेको होइन र ओलीसँग मिलेर मात्रै दीर्घकालीन समाधान निक्लँदैन भन्ने उहाँको निष्कर्ष हो भने हामीले पनि साथ दिएरै जानुपर्छ । महाविधेशनसम्मै यसरी जान सकिन्छ ।”

नेपालले उठाउँदै आएको नीति, विधि र एक व्यक्ति एक पदको मुद्दामा प्रचण्ड मिसिन आइपुगेकाले अहिले ओलीतिर ढल्किए पनि खासै फरक नपर्ने उनीहरूको बुझाइ छ ।

हिजो नीति र विधिको कुरा उठाउँदा सचिवालयमा एक्लै परेको र ओली–प्रचण्ड विरूद्ध तीनपटक ‘नोट अफ् डिसेन्ट’ लेखेको स्मरण गराउँदै नेपालले ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को वैधानिक मान्यतालाई अविचलितरूमा लिएर जानुपर्ने र स्थापित गरेर छाड्नुपर्ने विचार भेलामा राखेका थिए ।

“मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव हाम्रो ध्यान मोड्न र अल्मल्याउन ल्याइएको हो भन्नेमा हामी प्रष्ट हुनुपर्छ । विधिका कुरा उठाउने तर महाधिवेशनमा जान खुट्टा कमाउने भनेर टिप्पणी पनि हुन सक्छ । तर, अहिलेको अवस्थामा महाधिवेशन गर्न सकिँदैन,” कोटेश्वर भेलाको निष्कर्ष सुनाउँदै नेपालनिकट सदस्य भन्छन्, “अब हाम्रो ध्यान चैतको महाधिवेशन सम्पन्न गर्नेमै केन्द्रित हुनुपर्छ । त्योअनुसार पार्टीलाई गतिशील बनाउन, चलायमान विगतका निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने नै उहाँ (नेपाल)को जोड छ ।”

स्थायी कमिटी सदस्य वेदुराम भुसाल ओली प्रचण्ड मिल्दैमा समस्याले निकास पाउँदैन भन्नेमा आफूहरू ढुक्क रहेको बताउँछन् । एकीकरणपछाडि धेरैसमयसम्म ओली–प्रचण्डबीच एकता कायम हुँदा पनि पार्टीले गति लिन नसकेको उनी बताउँछन् ।  दुई अध्यक्षबीच हार्दिकता कायम हुँदा पनि झण्डै एक वर्ष पार्टी कमिटीका बैठक नबस्ने, बैठक बसे पनि निर्णय कार्यान्वयन नहुने अवस्था विद्यमान रहेकाले समस्याको जड नै दुई अध्यक्ष भएको भुसालको तर्क छ ।

“अहिलेको मूल जड भनेकै नीति, विधिको परिपालना नहुने, पार्टी विधान, पद्धतिअनुसार सञ्चालन नहुने हो । दुई अध्यक्षको एकताले निकास दिने भए समस्या नै सिर्जना हुँदैनथ्यो नि,” उनी प्रश्न गर्दै भन्छन्, “पार्टी एकतापछि उहाँहरूमा मिल्ती नै थियो, तर किन पार्टी चल्न सकेन ? अतः दुई अध्यक्षको सहमति होइन, पार्टी संस्थागत निर्णयमा चल्नुपर्छ । सामूहिक निर्णयमा विश्वास गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement