site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एमसीसी अनुमदानमा भएको ढिलाइबारे अमेरिकी दूतावासले भन्यो - कोषको उपलब्धता सधैँ खुला रहँदैन

काठमाडौं । संसद्‌बाट एमसीसी पारित हुन ढिलाइ भइरहेकोप्रति नेपालस्थित अमेरिकी दूतावासले आफू जानकार रहेको बताएको छ । 

सोमबार एक विज्ञप्तिमार्फत दूतावासले एमसीसी अनुमोदनमा ढिलाइ गर्नु भनेको लाखौं नेपालीलाई थप रोजगारी र आर्थिक वृद्धिको बढोत्तरीमा ढिलाइ गर्नु भएको जनाएको छ । यो अनुदान स्वीकार गर्नु-नगर्नु नेपालको रोजाइको विषय रहेको भन्दै दूतावासले यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला नरहने स्पष्ट पारेको छ ।

Dabur Nepal

नेपालमा एमसीसी परियोजनाहरूका बारेमा हालसालै आएका विभिन्न समाचारहरूबारे दूतावास सचेत रहेको भन्दै कम्प्याक्टको कार्यान्वयनबारे भइरहेका स्वस्थ्य र गम्भीर बहसहरूलाई स्वागत गर्ने जनाएको  छ। 

उसले थपेको छ, "हामीलाई विश्वास छ कि, अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै दुई करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो । यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन ।"

दूतावासले सबैलाई हल्लाकोपछि नलाग्‍न र आधिकारिक जानकारीका लागि एमसिए नेपालको वेबसाइटमा राखिएका विषयबाट सत्यतथ्य बुझ्‍न आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro