site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भारत-चीन सीमा विवाद : कहाँ-कहाँ छ तनाव ?
Sarbottam CementSarbottam Cement

बीबीसी । भारत र चीनबीचमा एकपटक फेरि सीमा विवाद बढ्दो रुपमा देखिएको छ । चीनले पूर्वी लद्दाखको पेङ्गोङ त्सो तालमा गस्ती डुंगाहरुको तैनाथी बढाएको छ ।

दुई साताअघि सोही ताल नजिक भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । उक्त क्षेत्र लद्दाखको वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) नजिक पर्ने बीबीसीले जनाएको छ ।

यसअघि पनि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दुवै देशहरुले सैनिकको उपस्थिति बढाएको खबर सार्वजनिक भएको थियो । भारतले अक्साई चीनमा पर्ने गालवन घाटी किनारामा चिनियाँ सेनाका केही टेन्ट देखिएको बताएको थियो । त्यसपछि भारतले पनि उक्त क्षेत्रमा आप्नो फौजको तैनाथी बढाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उता चीनले भारतमाथि गालवन घाटी नजिकै रक्षासम्बन्धी गैरकानुनी निर्माण गरिरहेको आरोप लगाएको थियो । भारत र चीन बेलाबेला फरक-फरक क्षेत्रमा यस्तो प्रकारका विवाद गर्दै आएका छन् । 

के हो कारण ? 

Global Ime bank

- वर्षौं पुरानो सीमा विवाद 

भारत र चीनबीचमा तीन हजार ४८८ किलोमिटर लामो सीमा जोडिएको छ । उक्त सीमाले जम्मु-काश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम र अरुणाचल प्रदेशलाई छुन्छ । दुवै देशबीचको सीमा तीन भाग (सेक्टर) मा बाँडिएको छ । पश्चिमी सेक्टर अर्थात जम्मु-काश्मीर, मिडिल सेक्टर अर्थात हिमाचल प्रदेश र उत्तराखण्ड तथा पूर्वी सेक्टर अर्थात सिक्किम र अरुणाचल प्रदेश ।

कैयौं क्षेत्रमा विवाद कायमै रहेका कारण भारत र चीनबीच अहिलेसम्म पूर्णतया सीमांकन भएको छैन ।

भारतले पश्चिमी सेक्टरमा पर्ने अक्साई चीनमाथि आप्mनो दाबी गर्दै आएको छ । जुन भूभाग अहिले चीनको नियन्त्रणमा छ । भारतका साथ १९६२ को युद्धका दौरान चीनले उक्त भूभागमा कब्जा जमाएको थियो ।

त्यस्तै पूर्वी सेक्टरमा चीनले अरुणाचल प्रदेशमाथि आफ्नो दाबी गर्दै आएको छ । उक्त प्रदेश दक्षिणी तिब्बतको हिस्सा भएको चीनको भनाइ छ । चीनले तिब्बत र अरुणाचल प्रदेशबीचको म्याकमोहन रेखालाई पनि मान्यता दिएको छैन ।

सन् १९१४ मा ब्रिटिश भारत र तिब्बतका प्रतिनिधिबीच भएको सम्झौतामा आफ्नो उपस्थिति नभए पनि तिब्बत चिनियाँ भूभाग भए पनि तिब्बत स्वयंले कुनै निर्णय लिन नसक्ने चीनको भनाइ छ ।

१९१४ मा तिब्बत एक स्वतन्त्र तर कमजोर मुलुकका रुपमा थियो । तर चीनले तिब्बतलाई कहिल्यै स्वतन्त्र मुलुकको मान्यता भने दिएको छैन । १९५० मा चीनले तिब्बतलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएको थियो ।

चीनले अरुणाचल प्रदेशमा म्याकमोहन लाइनलाई मान्दैन भने  अक्साई चीनमा भारतको दाबीलाई पनि अस्वीकार गर्दै आएको छ ।

- लाइन अफ एक्चुअल कन्ट्रोल

यिनै विवादका कारण दुवै देशहरुका बीचमा कहिल्यै सीमा निर्धारण हुन सकेन । यद्यपि, यथास्थिति बनाइराख्‍न 'लाइन अफ एक्चुअल कन्ट्रोल' टर्मको प्रयोग सुरु भयो । तर अहिले पनि लाइन अफ एक्चुअल कन्ट्रोल स्पष्ट छैन । दुवै देश आफ्नाो अलग–अलग लाइन अफ एक्चुअल कन्ट्रोल बताउँदै आएका छन् ।

उक्त लाइन अफ एक्चुएल कन्ट्रोलमा कैयौं हिमनदी (ग्लेशियर), हिउँको मरभूमि, पहाड र नदीहरु पर्दछन् । एलएसीसँग जोडिएका कैयौं यस्ता स्थान छन् जहाँ प्रापः जसो भारत र चीनका सैनिकहरुबीच तनाव हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC