site stats
बाह्रखरी :: Baahrakhari
खेल
फाइभ 'ए' साइड हक्की हुँदै

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय महिला फाइभ 'ए' साइड हक्की प्रतियोगिता हुने भएको छ । यो नेपालमा आयोजना हुने पहिलो ‘फाइभ ए साइड’ प्रणालीको हक्की प्रतियोगिता हो ।

आयोजक नेपाल हक्की संघका अनुसार, प्रतियोगिता भक्तपुरको नयाँथिमीस्थित मिड भ्याली कलेजको फुटसलमा आयोजना हुनेछ । प्रतियोगितामा कोसी, मधेस, वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश र नेपाल आर्मी क्लब गरी ६ टोलीले सहभगिता जनाउने छन् ।
 
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रूपैयाँ पाउनेछन् । साथै, व्यक्तिगत विधागततर्फ खेलाडीहरूलाई उत्कृष्ट गोलकिपर, डिफेन्डर, सर्वाधिक स्कोरर र इमर्जिङ प्लेयर अर्वाडबाट पुरस्कृत गरिनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगिताका टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ । जसको समूह 'ए' मा कोसी, वाग्मती र सुदूरपश्चिम तथा 'बी' मा आर्मी, गण्डकी र मधेस छन् । प्रतियोगिता लिग–कम नकआउट पद्धतिमा सञ्चालन गरिने जनाइएको छ । हरेक खेलको अवधि २० मिनेट रहने जनाइएको छ ।

बिहीबार नेपाल संघले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको जानकारी दिएको हो । प्रतियोगिता आगामी शनिबार (जुलाई ५) मा हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  २३:२१
प्रतिक्रिया दिनुहोस्