विदेश

काठमाडौं । रुसी नौसेनाका उपप्रमुखको युक्रेनी सीमानजिकै आक्रमणमा मृत्यु भएको छ । रुसी सेनाले यसको पुष्टि गरेको छ ।
रुसको रक्षा मन्त्रालयले मेजर जनरल मिखाइल गुडकोभ युक्रेनको सुमी क्षेत्रसँग सिमानामा रहेको पश्चिमी कुर्स्क क्षेत्रमा 'लडाइँसम्बन्धी कार्यहरू'को क्रममा मारिएको बताएको छ ।
यस बारेमा मन्त्रालयले थप जानकारी दिएको छैन ।
सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेयता मारिएका उनी वरिष्ठ रुसी सैन्य अधिकारीमध्ये एक हुन् ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ २३:४२
प्रतिक्रिया दिनुहोस्