site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लकडाउन कहर : प्लटिङ जग्गामा स्थानीयको खनजोत

पोखरा । आज मे १ । मजदुर दिवस । अहिलेको मजदुर दिवस फेरिएको छ । यसअघिका मजदुर दिवसमा पनि मजदुरी गर्न जानेहरु यसपटक भने महिनौँदेखि घरमै थन्किएका छन् । मजदुरी गरेर जिविका चलाउने मजदुरहरु यतिबेला आफू नै जीवित रहन महिनादिनदेखि घरमै बन्दाबन्दीमा छन् ।

कोभिड १९ को महामारीका कारण देश ठप्प जस्तै छ । निर्माण, उद्योग देखि सबै खाले व्यापार व्यवसाय बन्द छन् । व्यापार व्यवसाय बन्द भएपछि मजदुरको मजदुरी पनि बन्दै भयो । दिनभरि श्रम बेच्ने र बेलुका त्यही श्रमबापत पाएको ज्यालाले खाद्यान्न किनेर जिविका चलाउने मजदुरहरुको दैनिकी कष्टकर नै छ ।

प्रदेश, स्थानीय र विभिन्न संघसंस्थाले बाँडेको राहतले उनीहरुलाई छाक टार्न सहयोग त गरेको छ, तर त्यो क्षणिक छ ।

Dabur Nepal

यही बन्दाबन्दीबीच घरमै रहेका पोखरा १७ महतगौँडास्थित सितापाइला र समावेशी टोलका मजदुरहरु भने आफैलाई व्यस्त बनाउनेतर्फ लागे । छाप्रामा रात गुजार्ने मजदुरहरुको अगाडि उनीहरुको छाप्रा भन्दा धेरै फराकिला जग्गाहरु छन् ।

ती जग्गामा चौघेरै कंक्रिटले साँध बनाइएको छ । साँधभित्रको चारपाटे समतल जग्गामा झार उम्रिएको छ । हरेक दिन त्यही जग्गाको छेउतिर भिरालोमा छाप्रामा बस्ने मजदुरहरुलाई ती जग्गाको मालिक को हुन, कसले किनेका हुन, कसले बेचेका हुन, केही थाहा छैन् ।

जब, बन्दाबन्दी सुरु भयो । मजदुरहरुको भान्सा रित्तिँदै गयो । ज्यालादारी गर्न नपाएपछि आर्थिक संकट पनि गहिरिँदै गयो । भोकको आगो निभाउन खानै पर्‍यो । खानका लागि काम गर्नुपर्‍यो, तर काम नै छैन् ।

समृद्धी टोलमा बस्ने स्थानीयहरुले सोचे, आँखैअगाडि यत्रो खाली जग्गा छ, किन यहीँ श्रम नबगाउने ? उनीहरुले सोचे र बन्दाबन्दी सुरु भएलगत्तै, प्लटिङ बन्जर जमिनमा पसिना बगाउन थाले । पानी परिरहने र जमिन कमलो भएका कारण त्यहाँ प्लटिङ गरिएका धेरै जग्गामा अहिले खेतीको लागि तयार भएका छन् ।

कतिपय घडेरीमा त तरकारी उम्रि पनि सकेका छन् । शुक्रबार त्यहाँ पुग्दा वयवृद्ध देखि महिला र बालबालिका प्लटिङ जग्गालाई उत्पादन दिने जग्गा बनाउनमा लागिपरेका थिए । कसैको हातमा कोदालो थियो त कसैको हातमा कुटो ।

सक्नेले डोजर नै झिकाएर चट्टानी माटोको सतह हटाए । त्यसपछि परम्परागत कृषि औजारले बाली लगाउन मिल्नेगरि माटो सम्याए, झार चाले । उनीहरुको श्रम अबको केही महिनाभित्रै उत्पादनमा बदलिनेछ ।

श्रम खेर जाला, साहु आए छाडिदिउँला...

पोखरा महानगरपालिका वडा नं. १७ समावेशी टोलमा पुग्दा कृष्णमान सिरेट त्यही प्लटिङ गरिएको जग्गामा कोदालो नचाउँदै थिए । उनले दुबो र अरु झारको पत्र चालिसकेका छन् । सिरेटले त्यहाँ मकै र बोडी छरेका छन् । प्राङ्गारिक मल नभएका कारण मकै उम्रिसकेपछि रासायनिक मल हाल्ने उनले बताए ।

त्यो जग्गाभन्दा अलिक तल अर्को प्लाटिङ घडेरीमा कृष्णप्रसाद अर्यालले मकै र तरकारी लगाउन जमिन सम्याउँदै थिए । “दुईचारबोट मकै लगाउने, तरकारी लगाएर खान प¥यो ।” उनी भन्दै थिए ।

उनीसँगै उक्त क्षेत्रका प्राय घडेरीहरुमा अहिले स्थानीयहरुले तरकारीबाली लगाउन जमिन तयार गर्दैछन् ।

तर, ती प्लटिङ गरेर बिक्री गर्न ठिक्क पारिएका घडेरी कसका हुन ? कसले किन्यो, कसले बेच्यो ? हकवाला को हो ? पूर्जावाला को हो ? त्यहाँ श्रम बगाउन, तरकारी खेती लगाउन अनुमति 
कसले दियो ? यी प्रश्नको जवाफ ती स्थानीयसँग छैन् ।

न वडा जानकार छ, न स्थानीय सरकार । यसरी अरुको जग्गामा बिना जानकारी खेती गर्न पाइन्छ त ?

अर्का स्थानीय भरतराज गौतम भन्छन्, “यो घडेरी कसको हो हामीलाई थाहा छैन्, मान्छे नि चिन्दैनौँ । अब उनीहरुलाई घडेरी चाहिएको खण्डमा हाम्रो घडेरी छाड्देउ भनेमा छाडिदिउँला ।  नभए, बाँझो जमिन हो, हामीले गरेर खाएका छौँ, के भयो र यसमा ? कसको के बिग्रियो र ?

यो टोलमा एकाधले विभिन्न कार्यालयहरुमा काम गर्छन्, धेरैले मजदुरी नै गर्छन् ।

कोही अफिसमा काम गर्छन, धेरैले मजदुरी गर्छन्, तर, अफिस पनि खुलेका छैनन्, मजदुरी गर्ने मजबुर छन् ।

“सबै फुर्सदिला छन्, दैलामुनि यत्रो बाँझो जग्गा छ, बाँझो जमिनलाई किन सदुपयोग नगर्ने, अहिले सरकारको नीति पनि त्यही छ, भन्ने सुनेका थियौँ र हामीले प्रयोग गरेका हौँ । हामीले जग्गा 
कब्जा गर्न खोजेका होइनौँ, छाड्देउ भनेको दिन छाडिदिन्छौँ ।” गौतमले भने ।

तर, यसबारे वडा र स्थानीय सरकार दुवै जानकार भने छैनन् ।

“कुनै सरकारसँग हाम्रो समन्वय, सहकार्य छैन् । सरकार आएर नगर भन्यो भने छाडिदिउँला तर हामीले किन लगाउन पाउँदैनौँ भनेर सोध्नेछौँ ।” उनले भने ।

यति गर्‍यौं, गरेर खाओ त्यसपछि छाडिदिन भने पनि छाडिदिउँला, राजी छौँ, हामीलाई दिँदै दिन्नौ भनेपनि हाम्रो लगानी के गर्नु ? कसलाई सोधेर गरेका हौ भने पनि छाडिदिने, अरु के गर्ने ? 
हाम्रो श्रम खेर जाला । खन्यो भनेर भन्यो भने हाम्रो केही लाएन छाडिदिउँला ।

बाटुली नेपाली २०२१ सालदेखि त्यहीँ छन् । उनकै अगाडि यी घडेरीको पटकपटक बिक्री भयो, साहु फेरिए । त, उनले पनि यी जग्गा कसको हुन भेउ पाउने सामथ्र्य भएन् ।

“जग्गा बाँझै रह्यो, घर बनाउनेले बनाइसके । यस्तो बेलामा घरमा बसेर के गर्ने, खुर्सानी मकै, लगाउँ, भए खाउँला भनेर लगाएको हो ।” उनले भनिन् ।

नियत असल होला, तर वैधता भएन : महानगर

पोखरा महानगरपालिकाले यसलाई एक किसिमको अराजकता भनेको छ । अनुमति बिना व्यक्तिको सम्पत्तिमाथि असल नियतै राखेतापनि मनखुसी गर्न नपाइने महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए ।

बाँझो जग्गालाई उपयोग गरौँ भन्ने कुरा त सैद्धान्तिक रुपमा प्रोत्साहन गर्नुपर्ने कुरा प¥यो ।

तर, व्यक्तिको स्वामित्वको जग्गामा कस्तो खेती गर्ने, के गर्ने ? हकदार मान्छेसँग नबुझी अनुमति नलिई, समाधानको विषय भएन । कृषिको पाटोबाट सोच्दा त उत्पादन बढ्छ भन्ने होला तर अनुमति चाहिँ चाहियो नि ।

वैधानिक कुरा चाहिँ भएन, मनखुसीको कुरा भयो । यसले भोलि द्वन्द्व हुन सक्छ । यो गर्नै भएन नि । उद्धेश्य राम्रो होला, तर वैधानिक पक्ष बलियो नभइकिन गरेको काम कच्चा हुन्छ । 
वडासँग मिलेर जग्गावालाको सम्पर्क पत्ता लगाउने, कति अवधिसम्म जमिन बाँझै रहने हो पत्ता लगाउने र हामीले यो काम गरेका छौँ भनेर जानकारी दिँदा समन्वय गरेको भए द्वन्द्व हुन्नथियो होला । एक किसिमको अराजकता जस्तै देखियो नि यो ।

कहिलेकाहीँ दुर्घटना आफ्नै कारणले भए क्षतिपूर्ति हुँदैन् । उहाँहरुले श्रम गरेको छु भनेर भन्न मिल्दैन । असल मनसाय भएपनि मुलुक चल्ने विधिले नै हो । अनुमति नलिइकन गर्न छुट छैन्, स्थानीय सरकारको अनुमति बिना, व्यक्तिको मञ्जुरीनामा नलिई केही पनि गर्न पाइँदैन् ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro