देश

काठमाडौं । जयपृथ्वी राजमार्गमा यातायातका साधन पुनः सञ्चालनमा ल्याइएको छ । पहिरो पन्छाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ ।
शुक्रबार (असार २०) बिहान करिब साढे ५ बजे बझाङको छबिसपाथीभेरा गाउँपालिका–१, बालुवाटार र जयपृथ्वी नगरपालिका–७, माल्लाभीरस्थित सडकमा पहिरो खसेको थियो । सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।
शुक्रबारै बिहान करिब ९ बजदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ ०९:३२
प्रतिक्रिया दिनुहोस्