site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 सरकारको विरोधमा नेविसंघको मसाल जुलुस 
Sarbottam CementSarbottam Cement

चितवन । नेपाल विद्यार्थी संघ चितवनले आज साँझ मसाल जुलुस निकालेको छ । 

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको लकडाउनको मौका छोपी कोरोना नियन्त्रणभन्दा  सरकारको  ध्यान राजनीति तर्फ केन्द्रित भएको भन्दै यसको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भरतपुर कोरोना बिशेष(अस्थाई) अस्पताल भएको अनियमितताका बिषय र सांसद अपहरण जस्ता विषयमा सरकार जिम्मेवार र गम्भिर नभएको नेबिसंघको आरोप छ । नेविसंघ चितवनका नेता परमेश्वर खनालको नेतृत्वमा गरिएको प्र्रदर्शन भरतपुर महानगरपालिका वडा नम्बर १० को नहरचोकबाट निस्किएको मसाल जुलुस बिशालचोक पुगेर कोण सभामा परिणत भएको थियो । 

कोण सभालाई सम्बोधन गर्दै नेविसंघ नेता खनालले सरकारले जनतालाई बिश्वासघात गरेको आरोप लगाए  । सरकार अहिले संकटको घडीमा राजनीति  गरेर बस्न चाहेको भन्दै उनले प्रधानमन्त्री  ओलीको राजीनामा माग गरे । 

Global Ime bank

प्रधानमन्त्रीले  नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनको जोड थियो  । अहिलेको सरकारकाले भ्रष्टाचारीको संरक्षण गरेको र अपराधिलाई जोगाएको उनको भनाई थियो । 

भरतपुरमा रहेको कोरोना बिशेष अस्थाई अस्पतालमा भएको अनियमितता र चोरीको घटनाको सत्य तथ्य छानबिन गर्न समेत विद्यार्थीले माग गरेका थिए  । 

सो अबसरमा नेविसंघ चितवनका बिद्यार्थी नेताहरु कृष्ण वगाले, बसन्त गैरे, राजेश भूषाल लगायत विद्यार्थीहरुले  सरकारको तीब्र आलोचना र विरोध गर्दै मसाल जुलुस निकालेका हुन । आज बिहान पनि कोरोना बिशेष अस्पतालको अनियमितताको बिषयमा तत्काल र अनुसन्धानको माग गर्दै भरतपुरको चौबीसकोठीमा प्रदर्शन नेविसंघले प्रर्दशन गरेको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  २१:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement