site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२४ घण्टामा २ हजार १६८ जनाको नमुना परीक्षण
Ghorahi CementGhorahi Cement

काठमाडौं । गत २४ घण्टामा कोराना भाइरसको संक्रमणको आशंकामा दुई हजार १६८ जना नयाँ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म सातै प्रदेशमा कोरोना भाइरसको आशंका नमुना दुवै विधिबाट पीसीआर विधिमा आठ हजार ८१ र २१ हजार ४४६ जना गरी जम्ममा २९ हजार ५६७ जनाको परीक्षण भइसकेको जानकारी दिए । 

Agni Group

“आइतबारसम्म देशैभरमा कोरोना भाइरसको आशंकामा अस्पतालको आइसोलेसनमा उपचाररत १०३ सय जना रहेका छन् भने काठमाडौं उपत्यककामा ५ जना र बाहिर ९८ जना छन्,” उनले भने, “गत २४ घण्टामा विदेशबाट आएका वा सम्भावित कोरोन संक्रमित हुनसक्ने वा खोकी ज्वरो देखिएका ६ जना रेड जोनमा परेका छन् भने हालसम्म रेड जोनमा पुग्नेको संख्या २६० पुगेको छ ।”

त्यसैगरी, देशैभरका क्वारेन्टाइनमा पाँच हजार १८० जना रहेका मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमित ३१ पुगेका छन् । जसमा चार जना निको भएर घर फकिएका छन् भने टेकु अस्पतालमा १ जना, वीरगन्जको नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, धवलागिरि अस्पतालमा १, पाटन अस्पतालमा २ र कोसी अस्पतालमा १३ जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । ती २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Global Ime bank

मन्त्रालयका जारी गरेको मोबाइल एप १११५ र ११३३ मा २ हजार २४१ जनाकोकोरोनासम्बन्धी आएको गुनासो स्वास्थ्यकर्मीहरूले सम्बोधन गरेको समेत बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC