site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउन थप कडा हुन्छ, गतिछाडा भएर हिँड्न दिँदैनौं

काठमाडौं । सरकारले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याएसँगै थप कडाइ गर्ने नीति लिएको छ । सरकारले अत्यावश्यक कामबाहेक कोही पनि नागरिकलाई घरबाहिर निस्कन नदिने कदाचित् निक्लिएको भेटेमा कानुनी कारबाही गर्ने तयारी गरेको हो ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले लकडाउन थप कडा पार्ने बताएका हुन् ।

अत्यावश्यक काम बाहेक सडकमा बरालिएर हिँड्नेहरूलाई प्रहरीले सम्झाएर छाड्ने गरेको थियो । अब भने कानुनी कारबाही नै गर्ने उनले जानकारी दिए ।

“वैशाख १५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेका छौं,” बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै भने, “कडाइ गर्नै पर्‍यो नि ! उलङ्घन गर्नेप्रति सरकार निर्मम हुन्छ !”

काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा सङ्क्रमित फेला गरिरहेको बताउँदै उनले लापरवाही गर्न छुट नदिइने बताए ।

लकडाउन नै यसको हतियार भएको बताउँदै पोखरेलले थपे, “काठमाडौंमै पनि एकपछि अर्को केस थपिँदैछ । अहिले पनि मानिसहरू गतिछाडा भएर हिँड्छन, लकडाउनको पालना गराउनै प¥यो । सरकारको लागि होइन । नागरिकको जीवनरक्षा जुनसुकै मूल्य चुकाएर भए पनि गर्नुपर्छ ।”

लकडाउन उलङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन–२०२० बमोजिम कारबाही हुने सरकारले जानकारी दिएको छ । यो ऐन अन्तर्गतको कारबाही गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीको हुनेछ । यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई १ महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६०० सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

मुलुकमा हालसम्म १६ जना सङ्क्रमित फेला परेका छन् । एकजना उपचारपछि घर फर्किइसकेका छन् । १५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro