कोरोना संक्रमण अपडेट
काठमाडौं । राजधानीको ठमेलस्थित अलफ्ट काठमाडौं होटेलले आफ्ना कोठामा पानको पात आकारमा बत्ती बालेर कोरोनाविरुद्ध काम गरिरहेकाहरूलाई प्रेम र सद्भावना प्रस्तुत गरेको छ । विश्वभरका म्यारिअट चेनमा आबद्ध होटलहरू झैं अलफ्टले पनि प्रेम, आशा र साथ दर्शाउन त्यसो गरेको हो ।
होटलले यो कार्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा अन्य अत्यावश्यक वस्तु आपूर्तिमा काम गर्नेहरूका लागि आभार र सम्मानस्वरूप सद्भाव प्रस्तुत गरेको अलफ्ट काठमाडौंका महाप्रबन्धक विक्रम सिंहले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६ १६:५२
प्रतिक्रिया दिनुहोस्