site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शनिबारदेखिआधा सिलिन्डरमात्र बिक्री हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । भरि ग्यास मौज्दातमा राखेका डिलरले आधार ग्यास बेच्न नपाउने भएका छन् । नेपाल आयल निगमले ग्यास उत्पादक कम्पनीहरुलाई डिलरले आफूसँग भएको १४.२ केजी ग्यास सिलन्डर बिक्री नगरेसम्म ७.१ केजी ग्यास भरेको सिलिन्डर उपलब्ध नगराउन निर्देशन दिएको हो ।

निगमका प्रवक्ता विनितमणी उपाध्यायले जारी गरेको सूचनामा शनिबारदेखि १४.२ केजीको ग्यास भएको सिलिन्डर मौज्दात भएको डिलरकहाँ ग्यास उद्योगीले ती ग्यास नसकेसम्म थप ग्यास नपठाउन उल्लेख छ । डिलरहरुले पनि  आफूसँग कति परिमाणमा १४.२ केजी क्षमताको ग्यासको मौज्दात छ सोको विवरण सर्वसाधारणले देख्ने गरी टाँस गर्नुपर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

निगमको निर्देशनअनुसार शनिबारदेखि ग्यास उद्योगीले १४.२ केजीको सिलिण्डर बजारमा पठाउन पाउने छैनन् । डिलरहरुले पनि निगमले तोकेको मूल्यमा सहज र समानुपातिक बिक्रीको व्यवस्था मिलाउनु पर्नेछ ।

विगत केही दिनदेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको माग अधिक छ । नेपाल र भारत सरकारले कोरोना भाइरसको जेखिमबाट बच्न मुलुकभर लकडाउन गर्दा ग्यास आयात गर्न कठिनाई भएको छ । यस्तो अवस्थालाई ध्यानमा राखेर निगमले ७.१ केजीको सिलिन्डर भरी बजारीकरण गर्न एलपी ग्यास उद्योगहरुलाई निर्देशन दिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement