Skip Advt.

‘प्रेम गीत–३’ सरकारलाई सहयोग गर्न तयार

‘प्रेम गीत–३’ सरकारलाई सहयोग गर्न तयार

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’ युनिटले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारलाई सहयोग गर्न तयार रहेको जनाएको छ । चलचित्रका निर्माता सन्तोष सेनसहितको निर्माण युनिटले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा माक्स वितरण गर्दै सरकारलाई सहयोग गर्न तयार रहेको जनाएको हो ।  

“जिम्मेवार नागरिकको नाताले आज हामीले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा ११ हजार नागरिकलाई मास्क वितरण गरेका छौं । यो मुस्किल परिस्थितिमा म लगायत हाम्रो चलचित्रको सम्पूर्ण टिम कुनै पनि बेला  सरकारलाई आवश्यक पर्छ भने जुनसुकै बेला सहयोग गर्न तयार छौं”, निर्माता तथा निर्देशक सन्तोष सेन भन्छन्, “कोरोनाको संक्रमण नफैलियोस् भन्ने कुरामा सचेत र सजग बनौं र अरुलाई पनि सजग राखौं ।”

सेनले समयसमयमा साबुन पानीले मिची मिचिमिची हात धुन, सेनिटाइजरको प्रयोग गर्न, सकेसम्म भीडभाडमा नजान र शंका लागे नजिकको स्वास्थ्य केन्द्रमा जान सुझाव दिएका छन् । 
 

प्रतिकृया दिनुहोस
ad