अमेरिकी सैन्य क्याम्पमा आक्रमणपछि कच्चा तेलको मूल्य वृद्धि 

अमेरिकी सैन्य क्याम्पमा आक्रमणपछि कच्चा तेलको मूल्य वृद्धि 

इराकमा रहेको अमेरिकी सैन्य क्याम्पमा इरानले मिसाइल आक्रमण गरेपछि कच्चा तेलको मूल्य एकाएक बढेको छ । एसियन बजारमा कच्चा तेलको मूल्यमा २.५  प्रतिशतले वृद्धि भएको हो । वृद्धि भएको मूल्यअनुसार अब कच्चा तेलको कारोबार प्रति ब्यारेलको ६९.९४ डलरमा भइरहेको छ ।

इरानले गर्‍यो इराकस्थित अमेरिकी क्याम्पमा रकेट आक्रमण

एकाएक मूल्यमा आएको वृद्धिले मध्यपूर्वबाट तेलको आपूर्ति रोकिने त होइन भन्ने चिन्ता बढेको छ ।

इराकले भन्यो–इरानले २२ मिसाइल हानेको थियो

अमेरिका र इरानबीच सुरु भएको पछिल्लो संघर्षका कारण हरमुज भएर विश्वभरि हुने तेलको आपूर्ति रोकिन सक्ने सम्भावना बढेर गएको छ । 

इरानद्वारा अमेरिकी अखडामा दोस्रो चरणमा पनि आक्रमण

साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतबाट तेलको निर्यात यही मार्गबाट हुने गरेको छ ।

इरानले भन्यो–अमेरिकामाथिको आक्रमणमा सफलता

इरानले पनि प्रायः यही मार्गबाट तेल निर्यात गर्दै आएको छ ।

आक्रमणपछि ट्रम्पको प्रतिक्रिया–हामी विवरण लिँदैछौं, अमेरिका अहिले विश्वमै शक्तिशाली सेना भएको मुलुक हो 

इरानले गरेको आक्रमणपछि सुनको मूल्यमा पनि वृद्धि भएको छ । इरानको आक्रमणबाट अन्तर्राष्ट्रिय सेयर बजारमा नकारात्मक असर देखिएको छ । जापानको निकेई दुई प्रतिशत तल झरेको छ भने हङकङको हेङ सेङमा एक प्रतिशतको गिरावट आएको छ  । बीबीसी

प्रतिकृया दिनुहोस
ad