site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस कहाँ छ भन्‍नेले चितवन र भक्तपुर गएर हेरुन् : प्रवक्ता शर्मा 

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस कहाँ छ भनेर सोध्नेहरूलाई नेकपाका अध्यक्ष केपी ओलीको घर रहेको भक्तपुर र पुष्पकमल दाहालको क्षेत्र चितवन गएर सोध्न सुझाएका छन् । 

सोमबार पत्रकार सम्मेलन गर्दै शर्माले भने, "कांग्रेस कहाँ छ भन्नेले प्रचण्डको चितवन, केपी ओलीको भक्तपुर गएर सोधे हुन्छ । त्यहाँ छ भन्ने आत्मबल उपनिर्वाचनले दिएको छ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंसिर १४ को उपनिर्वाचनमा प्रधानमन्त्री ओलीको घर भएको भक्तपुरको प्रदेश सभा र प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनका तीन वडामा कांग्रेसले जित हात पारेपछि प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् । 

सरकार निर्वाचन निष्पक्ष गराउनेभन्दा आफ्नो पार्टी जिताउने ध्याउन्नमा लागेको आरोप लगाए । चुनावको मिति तोकिएपछि प्रदेश प्रमुख नियुक्ति, मन्त्रिपरिषद हेरफेर, प्रहरीमो सरूवा गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरिएको उनले बताए । 

२१ महिना कांग्रेसले प्रतिपक्षमा रहेर खेलेको भुमिकालाई पनि मतदाताले अनुमोदन गरेको शर्माले बताए । 

"मतान्तर घटेको छ । सांगठनिक आत्मबल बढाएको छ। बाहिर गति र भित्र अन्तरविश्वास बढाउ भन्ने सन्देश मतदाताबाट प्राप्त भएको छ । सांगठनिक कमजोरीको समिक्षा गर्छौ," उनले भने ।

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १८:१६
प्रतिक्रिया दिनुहोस्