site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अतिक्रमित भूमि फिर्ता ल्याउन कांग्रेसले सरकारलाई सहयोग गर्छः पौडेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हेटौडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउनका लागि प्रधानमन्त्रीले गर्ने पहल व्यवहारमा हेर्न चाहेको बताएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको बताए । 

“अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ,” उनले भने । सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै पौडेलले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा संवाद गर्नुपर्नेमा जोड दिए । “कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने ?,” उनले प्रश्न गरे । 

नेता पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ, छैन भन्ने बारेमामा पनि हेर्नुपर्ने धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओली र अन्य कम्युनिष्ट नेताहरुले विपक्षमा रहँदा चर्का कुरा गर्ने गरेको स्मरण गर्दै अहिले सरकारमा हुँदा के गर्छन् भन्ने बारेमा हेर्ने बेला आएको बताए । उनले अहिलेको सरकारले लोकतन्त्रवादी व्यवसायीलाई छानीछानी दुःख दिने काम गरिरहेको दाबी पनि गरे । “अहिले लोकतन्त्रका पक्षधर व्यवसायीलाई दुःख दिने, पाखा लगाउने काम गरेको छ । दुईतिहाइ सत्ताको घोर दुरुपयोग गरेको छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय