site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बलिउडमा अमिताभका ५० वर्ष, डाक्टरलाई भने - स्वर्गबाट आएका दूत

मुम्बइ । नोभेम्बर ७, बलिउडका भेट्रान अभिनेता अमिताभ बच्चनले अभिनय यात्रा सुरू गरेको पाँच दशक पूरा भएको छ । उनको पहिलो चलचित्र ‘सात हिन्दुस्तानी’ यहि दिन रिलिज भएको थियो ।

अभिनयको ५० वर्षे यात्रा पूरा गरेकोमा 'बिग बी'लाई थुपै शुभकामनाको ओइरो आइरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

'बिग बी' अहिले नियमित स्वास्थ्य परीक्षणमा छन् । केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि तीन दिन अस्पतालमै बसेका उनी अहिले घरमै बसेर आराम गरिरहेका छन् ।

हालै आफनो स्वास्थ्य अवस्थाबारे दर्शकलाई जानकारी दिँदै उनले ब्लग लेखेका छन् ।

सोही ब्लगमा उनले डाक्टरलाई 'स्टेथोस्कोप र सुकिलो कपडा लगाएका स्वर्गबाट आएका दूत' को संज्ञा दिएका छन् । 

उनले ब्लगमा भनेका छन्, “फलोअपको क्रममा केही इन्जेक्सन लगाइदिएर कामबाट टाढा बसी आरामसहित कडा नियमभित्र बस्न भनेका छन् ।”

उनको अभिनय रहेको पछिल्लो चलचित्र हो 'ब्रह्मास्त्र' अर्को वर्ष रिलिज हुँदैछ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १३:२५
प्रतिक्रिया दिनुहोस्