site stats
बाह्रखरी :: Baahrakhari
विदेश
२० लाख डलर तिर्न ट्रम्पलाई अदालतको आदेश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्यूयोर्क । न्यूयोर्कस्थित एक अदालतले सन् २०१६ को राजनीतिक अभियानमा च्यारिटी कोषको रकम दुरुपयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । 

द डोनाल्ड जे ट्रम्प फाउण्डेसनको रकम उनले खर्च गरेको अदालतको भनाइ रहेको छ । सो फाउण्डेसन सन् २०१८मा बन्द भइसकेको छ । 

अदालतले ट्रम्प र उनका तीन छोराछोरी सामेल रहेको सो फाउण्डेसनको रकम राजनीतिमा प्रयोग गर्न नमिल्ने जनाएको छ । अदालतले सो रकम ट्रम्प स्वयंले तिर्नुपर्ने आदेशमा उल्लेख गरेको छ । 
(बीबीसी)
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ०८:३६
प्रतिक्रिया दिनुहोस्