site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले फेर्‍यो देशको नक्सा
SkywellSkywell

नयाँ दिल्ली । भारत सरकारले शनिबार जम्मु काश्मीर र लद्दाख बनेपछि देशको नयाँ नक्सा जारी गरेको छ । यो नक्सालाई भारतका सर्वेयर जनरलले तयार पारेका  हुन् । गृह मन्त्रालयले आफ्नो वक्तव्यमा जनाए अनुसार केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला कारगिल र लेह हुनेछन् । यसपछि बाँकी २६ जिल्ला जम्मु काश्मीरमा हुनेछन् ।

भारत सरकारले जनाएअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरभिजनमा जम्मु काश्मीर र लद्दाख क्षेत्रको सीमा निर्धारण गरिएको हो । यो नक्सा अनुसार भारतमा अब २८ राज्य र ९ केन्द्र शासित प्रदेश हुनेछन् । ५ अगस्ट २०१९ मा भारतीय संसदले संविधानको धारा ३७० र ३५ ए लाई निस्प्रभावी बनाएको थियो । त्यसपछि राष्ट्रपतिले सो सम्बन्धी कानुनलाई मन्जुरी दिएका थिए ।

KFC Island Ad
NIC Asia

सन् १९४७मा जम्मु काश्मीरमा १४ जिल्ला थिए । जसमा कठुवा, जम्मु, उधमपुर, रइसी, अनन्तनाग, बारामुला, पुन्छ, मीरपुर, मजफरावाद,लेह तथा लद्दाख, गिलगित, गिलगित बजारत, चिल्लाह र ट्रायबल टेरेरिटी थिए । सन् २०१९ मा सरकारले जम्मु काश्मीर पुनर्गठन गरेपछि १४ जिल्लालाई २८ जिल्लामा बदलिदिएको छ ।

बीबीसी
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro