site stats
बाह्रखरी :: Baahrakhari
देश
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश रामबहादुर थापाको इजलासले सम्पत्ति शुद्धीकरणमा बस्नेत दोषी ठहर हुने फैसला गरेको हो ।

बस्नेतसँगै पद्मा कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेललाई पनि घुस दिए दिलाएकोमा दोषी ठहर गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध गत माघ २७ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा बस्नेतसँग आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बिगो कायम गरिएको छ ।

बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्