site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौं, बेइजिङ र दिल्लीले एकैसाथ सार्वजनिक गरे सी जिनपिङको भ्रमण तालिका
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल सहित चीन र भारतले पनि चीनका राष्ट्रपति सी जिनपिङको आगामी विदेश भ्रमणका बारेमा औपचारिक रुपमा बुधबार वक्तव्य प्रकाशित गरी तालिका सार्वजनिक गरेका छन् । 

सबै देशले बुधबार एकैसाथ एउटै विषयलाई लिएर वक्तव्य जारी गरेका हुन् । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयीङ्गद्वारा जारी गरिएको वक्तव्यमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी भारत र नेपालको भ्रमणमा जाने उल्लेख छ ।

Agni Group

वक्तव्यमा सीले  भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक बैठक गर्ने र नेपालमा राजकीय भ्रमण हुने जनाइएको छ । दुवै भ्रमणको मिति अक्टोबर ११ देखि १३ (असोज २४ देखि २६) सम्म हुने वक्तव्य उद्धृत गर्दै चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।  

उता भारतको विदेश मन्त्रालयले आजै जारी गरेको वक्तव्यमा चीनका राष्ट्रपति सी प्रधानमन्त्री मोदीको निमन्त्रणामा अक्टोबर ११ र १२ तारेखका दिन अनौपचारिक शिखर बैठकका लागि चेन्नई आउने जनाएको  छ । दुई नेताबीच चीनको उहानमा २०१८को अप्रिल २७ देखि २८ सम्म अनौपचारिक कुराकानी भएको समेत भारतले वक्तव्यमा स्मरण गरेको छ ।  

Global Ime bank

सीको भ्रमणका क्रममा दुईपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा कुरा हुने र भारत र चीनबीच विकासको नजिकको साझेदारीलाई अझ गहिराईमा लग्ने बारेमा कुराकानी हुने जनाइएको छ ।

नेपालका तर्फबाट पनि परराष्ट्र मन्त्रालयले आजै राष्ट्रपति सीको नेपाल भ्रमणको कार्यक्रम औपचारिक रुपमा सार्वजनिक गरेको हो । उनी आउँदो शनिबार र आइतबार नेपाल भ्रमणमा रहनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC