site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जानकी जयन्तीमा बिदा नदिएकोप्रति सांसदहरूको असन्तुष्टि

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले जानकीको जन्मजयन्ती नमनाइएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले रामको जन्मजयन्तीमा बिदा दिने गरिएको तर जानकीकोमा नदिने गरिएकोप्रति असन्तुष्टि पोखे ।

“आज जानकी जयन्तीको दिन बिदा दिन पनि छुटायौँ । खै, कता जन्मिएको रामको नवमीमा बिदा दिन्छौँ । तर, आफ्नै भूमिमा जन्मिएकी जानकीको जन्मदिनमा बिदा दिँदैनौँ,” उनले भने ।

उनले महिलाको नाममा पाइने उपमा पनि कमजोर बनाउन खोजिएको बताए । “कि हामी कुरिराखेका छौँ । दक्षिणतिरको छिमेकीले कुनै दिन जानकी पनि हाम्रैतिर जन्मिएको भनेर क्लेम गर्दियोस् । यसमा गम्भीरताका साथ ध्यानाकर्षण चाहन्छौँ,” उनले भने ।

अर्का सांसद प्रभु साहले पनि २१औँ शताब्दीमा लैंगिक विभेद गरिएको बताए । “जानकीको जन्मदिनबारे सरकारलाई थाहा छ कि छैन ? श्रीरामको जन्मदिन मनाउँछौँ खुसीको कुरा हो । जानकी जयन्तीलाई किन बेवास्ता गरेको ? २१औँ शताब्दीमा लैंगिक विभेद गर्न मिल्छ ?,” उनले भने । 

उनले राष्ट्रिय विभूति सीता (जानकी)को जन्मदिनमा बेवास्ता गरिएकोमा आपत्ति जनाए । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफू रहँदा जन्मदिनलाई बिदा नदिए पनि क्यालेन्डरमा राख्न नसकेको बताए । उनले विभेद नगर्न र आगामी क्यालेन्डरमा राख्न माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro