site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भर्चुअल र रियल संसारको भिन्नभिन्न परिचय बोकेको ‘गुम्फन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगका विभिन्न नकारात्मक परिणामहरु देखिइरहेका छन् । सामाजिक सञ्जालको लतले मानिसमा मानसिक तनाव बढ्दै गएको मनोचिकित्सकहरु बताइरहेका छन् । यसको लतले मानिसहरुलाई यति धेरै गाँजिसक्यो की मानिसहरु सामाजिक जीवन भुलेर भर्चुअल जिन्दगीमै रमाउन थालिसकेका छन् ।

भर्चुअल र रियल संसार अनि किशोर मनोविज्ञानलाई समेटेर बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘गुम्फन’ मञ्चन भैरहेको छ । 

नाटकका पात्रहरु एलिना र आयान ‘अनलाइन गार्डेन’मा रमाउन थाल्छन् वास्तविक जिन्दगी भुलेर । वास्तविक जिन्दगीमा भने उनीहरु निराश, लक्ष्यविहीन, सामाजिक र पारिवारिक सम्बन्धबाट आजित र मनोरोगका सिकार हुन्छन् । आयान न त आफ्नो बुवासँग बसेर कहिले गफ गर्ने पर्छन् न त कलेजमा साथीहरुसँग नै खुलेर बोल्ने र जिस्किने गर्छन् । सधैं झर्किने अनि रुखो व्यवहार देखाउने गर्छन् आफ्नो गुरु र बुवालाई ।

Prabhu Bank
Agni Group
NIC Asia

‘अनलाइन गार्डेन’ मा भने उनले बिलकुलै फरक परिचय बनाएका छन् । शान्त, नम्र, आदर्शवादी अनि विवेकशील ‘डार्क फ्लो’ को नामले परिचित छन् । यस्तै एलिना पनि जिन्दगीमा केही लक्ष्य नभएकी, आफ्नो शारीरिक बनावटलाई लिएर निकै निराश रहने गर्छिन् रियल लाइफमा ।

एलिनाको ठिक विपरीत उसको मिल्ने साथी ज्यास्मिन भने भविष्यको निश्चित लक्ष्य भएकी र शारीरिक बनावटले पनि ‘पर्फेक्ट’ र प्रेममा रमाइरहेकी छिन् ।

Global Ime bank

ज्यास्मिन अनलाइनको दुनियाँ र वास्तविक दुनियाँलाई समानान्तर रुपमा अघि बढाउन माहिर छिन् । एलिना भने आफ्नो मोटोपनलाई लिएर तनावमा हुन्छिन् र हर क्षण ‘स्लिम’ बन्ने प्रयासमा छिन् । 

सधैं गुनासो रहने उनको मोटोपन । उनी ‘गार्डेन’मा जान थालेपछि भने त्यसले केही फरक नै पार्दैन उनलाई । ज्यास्मिनको अकाउन्टबाट एकदिन लुकेर अनलाइन गार्डेनमा गएकी एलिना अन्ततः त्यसमै हराउन थाल्छिन् ।

एलिनाले गार्डेनमा आफ्नो वास्वतिक परिचय लुकाएरै रमाइरहेकी हुन्छिन् आयानजस्तै । तर वास्तविक जिन्दगीमा भने उनीहरु एउटै कक्षाका तर कहिले नबोलेका साथीहरु हुन्छन् ।

भर्चुअल संसारमा कसैले पनि कसैको वास्तविकता प्रस्तुत गर्दैनन् । उनीहरु आफ्नो कुराहरु पोख्न स्वतन्त्र हुन्छन् । यति स्वतन्त्र की उनीहरुका लागि उच्छृङ्खल संवाद पनि सामान्य नै लाग्छ 

भर्चुअल संसारमा आफ्नो वास्तविक परिचय लुकाएर रमाइरहेका आयान र एलिनाले के कहिल्यै पनि एकअर्काको वास्तविक परिचय थाहा पाउँदैनन् त ? के गार्डेनले उनीहरुमा रहेको तनाव र निराशा साँच्चै दूर गर्दिन्छ त ? या अझै बढाइदिन्छ ?

यी सबै कुरा थाहा पाउनको लागि भने नाटक नै हेर्नुपर्ने हुन्छ ।

नाटकका राम्रो पक्ष 
मञ्चमा प्रयोग गरिएका कृत्रिम बत्ती र कोरसको प्रयोगले नाटकलाई अझै जिवन्त र दर्शकलाई नाटकमा बाधिँराख्न मद्दत गरेको छ । राजनीतिक व्यंग्यमा आधारित नाटक निर्देशन गरिरहेका निर्देशक दिलीप रानाभाट अहिलेको किशोरकिशोरीको मनोभाव र परिवेशलाई दुरुस्तै उतार्न सफल भएका छन् ।

सुधार्नुपर्ने पक्ष
‘सिंहदरबारको टेन्डर’ र ‘झिमिकझिमिक झ्याप्प’ नाटक निर्देशन गरिसकेका निर्देशक रानाभाट तेस्रो नाटकमा आउँदा पनि केही कुरामा अझै चुकेको लाग्छ । नाटक हेर्दै जाँदा कतिपय दृश्यहरु कसरी घटित भए भनेर दर्शक अलमलिन सक्छन् । तर, समग्रमा तेस्रो निर्देशनमा यतिको परिपक्वतालाई नकार्न भने मिल्दैन ।

थिएटर भिलेजको नाटक परिवारले मञ्चन गरिरहेको ‘गुम्फन’ मंगलबार बाहेक भदौ २९ गतेसम्म हरेक दिन मञ्चन हुनेछ ।

एलिसा सालोको फिनिस नाटक ‘रयादेस्सवारा’ बाट प्रभावित यस नाटकलाई नेली केइनानेन र लिया अब्सेसले अंग्रेजीमा अनुवाद गरी ‘फलिङ’ बनाए । सोही ‘फलिङ’ लाई जिवेश रायमाझीले नेपालीमा अनुवाद गरेका हुन् ।

निर्देशक दिलिप रानाभाटले नाटकका कतिपय कुराहरु आफैंसँग पनि मिल्ने र अहिलेको सामाजिक सञ्जालको बढ्दो  लोकप्रियतामा यो नाटक उचित हुने देखेर ‘गुम्फन’ निर्देशन गरेको बताए । “अहिले हामी भर्चुअल वर्ल्ड र रियल वर्ल्डको मझधारमा छौं । राजनीतिक व्यंग्यात्मक नाटक बनाइरहँदा युवा पुस्तासँग काम पनि गरौं र युवा दर्शकलाई उनीहरुकै कथा भनेर नाटक हेर्न अझै आकर्षित पनि गरौं भन्ने सोच आएर गुम्फन निर्देशन गरेको हुँ,” रानाभाटले भने ।

नाटकमा अद्वेत अकेला, अभिषेक गैरे, आयुष्ना गिरी, इस्टु कार्की, एचके अधिकारी, गुगल लामा, मदन सुवेदी, प्रमोद खड्का, पिबिएम रिदम र संगीता थापाको अभिनय रहेको छ ।

तस्बिरहरूः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC