site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अर्घाखाँचीको ऐतिहासिक भैरव नाच काठमाडौंमा प्रदर्शन हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवम् मौलिक भैरव नाच काठमाडौंमा प्रदर्शन गरिने भएको छ । लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।

नेवार सम्पर्क समाजको अर्घाखाँची–काठमाडौंको आयोजनामा आगामी असोज ३ गते साँझ प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिन लागेको समाजका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने, “तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ । भिन्न परिवेश र भिन्न रहन सहनमा हुर्र्किएका नेवार समुदायबीच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ । तर, पछिल्लो समयमा बढ्दो बसाई सराई र आफ्नो थातथलो छोड्ने प्रवृत्तिका कारण यो नाच लोप हुने स्थितिमा रहेको छ ।”

अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा रहेको यो नाचको प्रस्तुति नेवाः समाज अर्घाखाँची–रुपन्देहीले काठमाडौंमा आएर दिन लागेको र यसको व्यवस्थापन आफूहरुले गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 
नेवार समुदायको मौलिक नाचका रुपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि शुरु भयो त्यसको एकिन तथ्य नभए पनि पुस्तौदेखि यो नाच नाच्ने क्रम रहेको नाच संरक्षणका अभियान्ता मित्रलाल श्रेष्ठले बताए ।
काठमाडौं उपत्यकाको भन्दा केही पृथक शैलीको यस नाचको प्रवद्र्धन गर्न सकिएको खण्डमा आन्तरिक पर्यटनको प्रवद्र्धन हुनुका साथै नेवार समुदायको सांस्कृतिक सम्पदाको संरक्षण हुने श्रेष्ठको भनाइ छ । नेवार समुदायको नाच भए पनि यस नाचमा विभिन्न जातीका मानिसको सहभगिता रहने भएकाले यसले एक किसिमको जातीय सद्भावसमेत कायम गर्दै आएको श्रेष्ठले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

धार्मिक आस्था एवम् रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा रहेको छ । अघिल्लो पुस्ताको तुलनामा अहिलेको पुस्तासम्म आइपुग्दा यसको सौन्दर्य एवम् तालको मिठासमा कमि आइरहेको सन्दर्भमा यसको संरक्षण र प्रवद्र्धन नभए आउँदो पुस्ताका निम्ति यो नाच कथाजस्तै हुने अभियान्ता श्रेष्ठको भनाइ छ । 

भैरवलाई नेवार समुदायले आफ्नो इष्ट देवताका रुपमा पनि पूजा गर्ने भएको र यो तान्त्रिक विधिबाट नाच शुरु गरिने भएकाले नेवार समुदायमा भैरवको भाकल गर्ने चलन पनि छ । जस्तै कसैको सन्तान प्राप्ति, कुनै फल प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजा वा भेटी चढाउने परम्परा रहेको छ । 

Global Ime bank

भैरव नाच कहिलेदेखि शुरु भयो भन्ने एकिन तथ्य अहिलेसम्म भेटिएको छैन । तर, काठमाडौं उपत्यकामा मल्लकाल त्यसअघिदेखि नै शुरु भएको हुन सक्ने जनविश्वास रहेको पाइन्छ । विगतमा नेवार समुदायमा भएको बसाई सराईको क्रमसँग यो नाचको प्रचलन  पनि देशका विभिन्न क्षेत्रमा पुगेको हुनसक्छ । तर, अहिले ग्रामीण क्षेत्रमा अर्को बसाई सराई समस्या निम्तिएको छ । गाउँबाट शहरमा बसाई सराई गर्ने, रोजगारी अध्ययन र अन्य पेसा व्यवसायका कारण आफ्नो थातथलो छोडेर शहरतिर हिँड्ने प्रचलन व्याप्त रहेको छ । एकातिर गाउँमा मान्छे विशेषगरी युवापुस्ताको अभाव र अर्कोतिर लामो समयसम्म नाच सञ्चालन गर्नुपर्ने भएकाले आर्थिक समस्या प्रमुख पाटोका रुपमा रहेको छ । पुरानो पुस्ता घट्दै जाने र नयाँ पुस्ताले यसप्रति चासो नराख्दा यो नाच लोप हुँदै गएको छ । आजभन्दा ५० वर्ष अगाडिको नाचको शैली अहिलेको शैलीमा आधुनिकताको प्रभाव परेको प्रष्टै देखिन्छ । यसले आफ्नो मौलिकता गुमाउने हो कि भन्ने चिन्ता र चुनौती दुवै छ । 

विशेषगरी अर्घाखाँचीको भैरव नाच स्थानीय चलनचल्तीमा भैरम नाच जिल्लाभित्र मात्रै होइन छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ । यसको विशिष्ट प्रकारको बाजाको ताल, नर्तकहरुमा उजागर हुने एक किसिमको ऊर्जाले (अलौकिक शक्तिको आभास) समेत प्रदान गर्छ । जसका कारण यस समुदायका व्यक्तिको धार्मिक आस्था त छँदै छ अन्य समुदायका व्यक्तिलाई पनि मोहित पार्छ ।

भैरव  नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कार्तिक औंशीसम्म नाचिन्छ (देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता छ ।) त्रान्त्रिक विधिबाट शुरु गरिने यो नाच रातको समयमा विशेषगरी सूर्य अस्ताएपछि सूर्योदयअघिसम्म स्थानीय चलनअनुसार विहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ । कथंमकदाचित नाच्दै गर्दा उज्यालो भयो, खोला तरेर अन्यत्र गाउँमा गई नाच्नुप¥यो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ ।

कस्तो हुन्छ भैरव नाच ?
भैरव नाच सात ताल (पटक) सम्म नाचिन्छ, सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ, बीचमा छोटो विश्रामपछि पुनः शुरु हुन्छ । यसमा काल भैरव मुख्य हुन्छ भने श्वेत भैरव र रातो भैरव सहायक हुन्, साथमा डंकिनी पनि हुन्छ ।
यस नाचका नर्तकहरु जो भैरवको स्वरुपमा हुन्छन् उनीहरुलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ । यद्यपि, डंगिनीलाई पनि पूजा गरिन्छ । डंगिनी नारी स्वरुपको हुन्छ । पुरुष नर्तक महिलाको भेषमा श्रृंगार गरेको हुन्छ । यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अंगगका रुपमा रहँदै आएको छ । तीन वटै भैरवहरु आफ्नो भूमिका अनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चअर (चौरी गाईंको पुच्छर), मालासहित श्रृंगार गरी भगवानको विशाल आकृति निर्माण गरिन्छ ।

भैरवलाई आकर्षक बनाउनका निम्ति समय सापेक्ष श्रृंगार सामग्रीहरुको पनि प्रयोग गरिन्छ । यसरी श्रृंगार गरेपछि तान्त्रिक विधिबाट पूजा गरी नाच गरिन्छ । बाजा बजाउनेहरु मुख्य रुपमा नेवार समुदायकै भए पनि सहायक बाध्य बाधकमा अन्य जातजातीका पनि सहभागी हुन्छन् । यसले जातीय सद्भावलाई झुल्काउँछ । यसमा मुख्य गरी खीं बाजा (मिर्दुङ) लाई गुरु मादलका रुपमा राखिन्छ भने साथमा झुर्मा (झ्याली), बाँसुरी, सनाई, कर्नाललगायतका बाध्य बादन प्रयोग गरिन्छ ।

सात वटै ताल (पटक) को लय फरक–फरक हुन्छ । तान्त्रिक विद्यामा निपूर्णहरुलाई विशेषगरी पाँच ताल र छ तालमा भैरव उत्रिन्छ । (काम्न शुरु हुन्छ, ताल सकिएपछि आफैं शान्त हुन्छन्) यसरी काम्ने दर्शक पनि हुन सकछन्, नर्तक पनि हुन सक्छन् ।  भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पु¥याउछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुन्छन् । नाचलाई रोचक बनाउन लाठी नाच (टाकुनडोली), घोडा नाच, चरा नाचलगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC