site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
झापामा नगरपालिकाको गाडी र वित्तीय संस्थामा विस्फोट, विप्लव समूहका दुई पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । झापामा गएराति दुई स्थानमा बम विस्फोट भएको छ । अज्ञात समूहले गौरादह नगरपालिकाका प्रशासकीय अधिकृतले चढ्ने गाडी र साहारा नेपाल वित्तीय संस्थाको गेटमा विस्फोट गराएका हुन् । 

दुवै स्थानमा गएराति साढे १२ बजेकै समयमा विस्फोट भएको हो । बिर्तामोड नगरपालिकामा रहेको सहारा नेपालको गेटमा बम विस्फोट भएको र विस्फोटबाट सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहनकुमार थापाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

घटनामा संलग्नताको आशंकामा दुईजना पक्राउ परेको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले बताए । पक्राउ परेकाहरु विप्लव समूहका सदस्य भएको प्रहरी आशंका छ । विस्फोटको जिम्मा कसैले नलिए पनि विप्लव समूहले नै विस्फोट गराएको हुनसक्ने प्रहरी आशंका छ ।

यस्तै गौरादह नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कारपियो गाडीमा समेत विस्फोट भएको छ । निवासमै पार्किङ गरेर राखेको गाडीमा विस्फोट गराइएको हो ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !