site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सय वर्षअघिका र अहिलेका एनालग फोटो एकै छानामुनि
Sarbottam CementSarbottam Cement

काठमाडौं । विगतका कुराहरुलाई सम्झनाका रुपमा जिवन्त बनाइराख्ने एक माध्यम हो, फोटो । वर्तमानको हरेक क्षण भविष्यको लागि कैद गर्न फोटो खिच्ने चलन बढेको छ । अझै डिजिटल क्यामेरा र प्रविधिहरु भित्रिएसँगै फोटो खिच्ने र खिचाउने फेसन नै भैसकेको छ । 

के डिजिटल क्यामेरा भित्रिनुअघि पनि फोटो खिच्न त्यति नै सजिलो थियो त ? पक्कै थिएन  । पहिले एनालग क्यामेरा हुँदा फोटो अहिलेजस्तो सबैको पहुँचमा थिएन ।  डिजिटलको प्रवेशले एनालग फोटोग्राफीलाई लगभग विस्थापित नै गरिदिएको छ । एनालग फोटोग्राफी इतिहास बन्ने क्रममा छ अब ।

यही परिप्रेक्ष्यमा फिल्म फाउण्डरीले एनालग फोटो प्रदर्शनी आयोजना गरेको छ । ‘लाईफ इन एनालग’ नाम दिइएको उतm प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भदौ ४ गतेसम्म चल्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

ग्लारीको भुइँतल्ला प्रवेश गर्नेबित्तिकै सेतो रंगको भित्ताको चारैतिर कालो फ्रेमभित्र आजभन्दा सय वर्ष पुराना र त्यसपछिका श्यामस्वेत फोटोहरु लहरै भुण्डाइएको छ । माथिल्लो तलामा पनि पुराना फोटोहरु राखिएका छन् । 

पुरानाका साथै प्रदर्शनीमा केही वर्षअघि र यही वर्ष खिचिएका तस्बिर पनि छन् । प्रदर्शनीमा विदेशी तथा नेपाली गरी ४० जना फोटोग्राफरका विशुद्ध एनालग र एनालग तथा डिजिटल दुवै विधाका ९० वटा फोटोहरु राखिएका छन् ।

Global Ime bank

प्रदर्शनी आयोजक फिल्म फाउण्डरीका संस्थापक जगदिश उपाध्यायले खिचेका फोटोहरु पनि राखिएका छन् । उनले विगत २५ वर्षदेखि एनालग फोटोग्राफी गरिरहेका छन् । साथै पछिल्लो दुर्ए वर्षदेखि एनालग फोटोग्राफीमा इच्छा भएका फोटोग्राफरहरुलाई सिकाउने र आफैं हाते प्रिन्टको प्रयोगमार्फत् फिल्म बनाउने पनि गर्छन् । 

डिजिटल प्रविधिमा दुनियाँले फड्को मारिसक्दा पनि उनी भने भने एनालगमै रमाइरहेका छन् । साथै एनालग फोटोग्राफीलाई फेरि ब्युँताउने पनि कोसिस गरिरहेका छन् । प्रदर्शनीको मुख्य उद्देश्य भनकै काठमाडौंमा पनि एनालग फोटोग्राफी छ  भन्ने सन्देश प्रवाह गर्नु भएको उनले बताए ।

“युरोप अमेरिकातिर त अहिले एनालग फोटोग्राफी एउटा फेसनको रुपमा फैलिएको छ । तर नेपालमा फेसन नभएर एउटा कलाको पाटो नै हो । पहिलेदेखि नै यसको प्रयोग थियो र अहिले पनि यो कला हराएको छैन भनेर प्रदर्शनी गरेको हो,” उनले थपे ।

प्रदर्शनीमा सिसा, टिन, नेपाली पेपरमा पनि फोटोहरु प्रिन्ट गरेर राखिएका छन् । यी फोटोमार्फत एनालग फोटो पनि विभिन्न मटेरियलमा आफैंले प्रिन्ट गर्न मिल्छ भनेर देखाउन खोजिएको छ । उनका अनुसार अहिले एनालग फोटोग्राफीमा सक्रिय रुपमा लागिरहेका ५० र दुवै विधामा लागिरहेका गरी करिव १५० को हारहारीमा फोटोग्राफरहरु छन् । एनालग क्यामेराबाट श्यामश्वेत तस्बिर खिच्दा र तस्बिर हेर्दाको आत्मसन्तुष्टि डिजिटल फोटोबाट नआउने उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC