site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाइडबडी जाँचबुझ आयोग ६ महिनादेखि अलपत्र, सरकार भन्छ– अख्तियारले काम थाल्यो हामीले चासो दिएनौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसदीय उपसमितिलाई अविश्वास गरेर वाइडबडी खरिद् प्रकरणबारे जाँचबुझ गर्न गठित गोविन्द पराजुली संयोजकत्वको समिति अलपत्र परेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि जाँचबुझ थालेकाले सरकारले वास्ता नगरेको बताएका हुन् ।

सरकारका प्रवक्ता बास्कोटाले आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने, “वाइडबडीबारे अख्तियारले पनि काम गर्न थाल्यो । सबैले काम गर्दा गञ्जागोल होला भनेर हामीले चासो राखेनौँ ।” संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको राजेन्द्र केसी उपसमितिले वाइडबडी खरिद् प्रकरणमा ४ अर्ब ३५ करोड अनियमितता भएको ठहर गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, सरकारले समितिलाई अविश्वास गरेर गत पुस १९ गते गोविन्द पराजुलीको नेतृत्वमा पूर्वनायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकोउन्टेण्ड मदन शर्मा सदस्य रहेको आयोग गठन गरेको थियो । जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम गठित आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको थियो ।
समितिको म्याद फागुन ४ मै सकिए पनि समितिले प्रतिवेदन तयार पारेको छैन ।

प्रवक्ताले सरकार आफैँले यसमा चासो दिन छाडेको प्रष्ट्याएका हुन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement