site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल इन्जिनियर्स एसोसिएसन ५७ वर्षमा 

काठमाडौं । नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनले ५६ वर्ष पूरा गरी ५७ वर्षमा प्रवेश गरेको छ । एशोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई “इन्जिनियर दिवस” को रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउँदै आएको छ । यो वर्ष प्रधानमन्त्री  केपी शर्मा ओलीले उक्त दिवस उद्घाटन गर्ने कार्यक्रम रहेको एसोसिएनले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

कार्यक्रममा एशोसिएसनका अध्यक्ष ई. त्रिरत्न बज्राचार्यले अहिले विश्वको लागि ज्ञान नै ठूलो पुँजी भएको भन्दै चीन, सिंगापुरजस्ता विकसित राष्ट्रमा ईन्जिनियरहरुले देश हाँकेको सुनाए । उनले यो वर्षको इन्जिनियर दिवसका अवसरमा आयोजित विभिन्न सत्रहरुबाट आएका सुझावहरुलाई एकीकृत गरेर सरकारलाई बुझाउने पनि स्पष्ट पारे । एसोसिएसनमा अहिले ५२ हजार इन्जिनियर दर्ता भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro