site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्वकै पहिलो उड्ने ट्याक्सीको सफल परीक्षण !
Sarbottam CementSarbottam Cement

बीबीसी । जर्मनको एउटा स्टार्ट–अप कम्पनीले विश्वकै पहिलो आफैँ उड्ने पाँच सिटयुक्त ट्याक्सी सार्वजनिक गरेको छ । लिलियम कम्पनीले अघिल्लो महिनामा मात्र यसको नमुना परीक्षण गरेको थियो जुन आफैँ माथि उडेर अवतरण गर्न सफल रहेको थियो । 

विद्युतबाट चल्ने उक्त ट्याक्सीसँग ६० मिनेटमा ३०० किलोमिटरको यात्रा तय गर्ने क्षमता रहेको बताइएको छ । यसअघि थुप्रै कम्पनीहरुले आफैँ उड्ने ट्याक्सी परीक्षण गरिसकेका छन् तर तिनमा दुईवटा सिट मात्र निर्माण गरिएको थियो । यसरी  बिहीबार मात्र सार्वजनिक गरिएको उक्त एयर ट्याक्सी २०२५ सम्ममा विश्वभरका विभिन्न शहरमा उपलब्ध हुने र पूर्ण रुपमा सञ्चालनमा आउने बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर यसको सेवा शुल्क कति लाग्नेछ भन्नेबारे स्पष्ट जानकारी नदिएपनि कम्पनीले साधारण ट्याक्सी समान शुल्क लिइने दाबी गरेको हो । कम्पनीका व्यवसायिक अधिकारी रेमो गर्बरले सिएनएनसँग बोल्दै भने, “हाम्रो उद्देश्य साधारण मानिसहरुलाई पनि यसको पहुँच दिलाउनु हो र ठुल्ठुला धनी व्यवसायी यात्रीहरुलाई मात्र नभएर जोसुकैले पनि यसको सेवा लिन पाऊन् भन्ने हाम्रो चाहाना रहेको छ ।”

Global Ime bank

लिलियमका प्रमुख कार्यकारी अधिकृत एवम् सहसंस्थापक ड्यानिअल वेइगन्ड भन्छन्, “यसरी दुईवटा सिटबाट पाँचवटासम्म पुग्नु हाम्रो पहिलेदेखिको लक्ष्य थियो जसमार्फत धेरै यात्रीले उडान भर्न सक्छन् ।” सो ट्याक्सीले ३६ विद्युतिय मोटरबाट ऊर्जा प्राप्त गर्दछ जसले यसलाई ठाडो अवस्थामै उड्न र अवतरण गर्न सहायता गर्दछ । लिलियमका अनुसार एकपटकको चार्जमा यो लगातार एक घण्टासम्म यात्रा गरिरहन सक्छ । 

लिलियमका अनुसार २०२० को मध्यदेखि यसको तिव्र उत्पादन गर्ने अपेक्षा गरिएको छ । विश्लेषकहरुले पनि यसले आजका व्यस्त सहरहरुमा प्रदुषण कम गराउनुका साथै यातायात सेवा सहज बनाउन मद्दत गर्ने बताएका छन् ।  ड्यानीअलले थप भने, “हामीले आधुनिक उडान सेवालाई नयाँ स्तरमा पुर्याइरहेका छोँ र हामीले त्यस्तो दुनियाँको सपना देखेका छौँ जहाँ मान्छे आफूले जहिले जहाँ मन लाग्यो त्यहाँ उडेर जान सकोस् ।”

यसरी लिलियमले अहिले विश्वका ठुल्ठुला व्यवसाय र शिर्ष कम्पनीहरुलाई प्रतिस्पर्धा दिइरहेको छ ।  विश्वको सबैभन्दा टप सवारी फर्म उबरले यसअघि नासासँगको सहकार्यमा २०२३ सम्म उड्ने ट्याक्सीको नेटवर्क लन्च गर्ने लक्ष्यबारे जानकारी दिएको थियो ।  तर २०१५ मा मात्र स्थापना भएको यो कम्पनीले अधिकांश प्रतिस्पर्धीहरुको तुलनामा आफ्नो यात्रा लामो समयसम्म जारी रख्न आफू सक्षम रहेको दाबी गरेको छ । सीएनएनबाट
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  ०५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC