site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनमा विकिपिडियालाई रोक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेइजिङ । विकिपिडियाले गएको अप्रिल महिनादेखि सबै भाषाका आफ्ना संस्करणमा चीनले रोक लगाएको पुष्टि गरेको छ । इन्टरनेट सेन्सरसिप अनुसन्धाताका अनुसार चीनमा नखुल्ने हजारौं वेबसाइटमा अब विकिपिडिया पनि परेको छ । चिनियाँ भाषाको संस्करण यसअघि नै  बन्द गरिएको थियो । तर त्यो रोकलाई अब झन् विस्तार गरिएको छ । 

विकिपिडियाका अनुसार यो बारेमा चीनका तर्फबाट कुनै जानकारी पनि दिइएन । विकिपिडिया फाउण्डेसनले एक वक्तव्यमा चीनमा सबै भाषाका आफ्ना संस्करणमा रोक लगाइएको जनाइएको छ ।  गएको सन् २०१७मा विकिपिडियाको साइट टर्कीमा र  यो वर्ष भेनेजुएलामा पनि रोक लगाइएको बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०९:०६
प्रतिक्रिया दिनुहोस्