site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाले भन्यो–इरानसँग युद्ध चाहेका छैनौं तर अमेरिकी हितमा आक्रमण भए जवाफ दिन्छौं
Sarbottam CementSarbottam Cement

मस्को । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले आफ्नो देशले इरानसँग युद्ध नचाहेको बताएका छन् । दुई देशबीच केही समययता तनावपूर्ण वातावरण सिर्जना भइरहेको बेलामा रुस भ्रमणमा गएका  पम्पेओले सो कुरा बताएका हुन् । 

उनले इरानप्रति अमेरिकाले एक सामान्य देश जस्तै व्यवहार गर्न अमेरिकाले चाहेको समेत बताएका छन् । उनले यदी अमेरिकी हितमा आक्रमण भएमा अमेरिकाले जवाफ दिने समेत बताएका छन् । यसैबीच इरानमा सर्वोच्च नेता अयातुल्लाह खोमेनीले पनि अमेरिकाका साथ कुनै युद्ध नहुने बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गएको साता अमेरिकाको जंगी जहाजी बेडा र युद्धपोत मध्यपूर्वमा तैनाथ गरेपछि आशंकाको रुपमा हेरिँदै आएको थियो ।  संयुक्त अरब इमिरेट्स (यूएई)मा चारवटा पानी जहाजमा आक्रमणको प्रयास गरिएको कुराले गर्दा झन् तनावको अवस्था उत्पन्न भएको  थियो । सो घटनालाई अमेरिकाले इरानको गतिविधि भनेपनि त्यसको प्रमाण भने मिलेको थिएन । इरानले सो घटनामा आफ्नो हात नभएको जनाउँदै जाँचको माग गरेको थियो । 

मादुरोलाई समर्थन नगर्न र राष्ट्रपति चुनावमा हस्तक्षेप नगर्न रुसलाई आग्रह

Global Ime bank

रुस भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री पम्पेओले रुसी विदेशमन्त्री सर्गेई लावरोफसँग वार्ता समेत गरेका थिए । सो अवसरमा उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको समर्थन नगर्न समेत आग्रह गरेका थिए ।  तर, रुसी विदेशमन्त्रीले सो कुरा अस्वीकार गरेका थिए । अमेरिकी विदेशमन्त्रीले सन् २०२०मा अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनमा हस्तक्षेप नगर्न समेत आग्रह गरेका थिए । 

सो अवसरमा रुसी विदेशमन्त्रीले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको हल्ला अब समाप्त हुने बताएका थिए । (बीबीसीबाट)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC