site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
विकासप्रेमी नेता थिए भण्डारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति एवम् पूर्व सांसद रुद्रमणि भण्डारीको सडक दुर्घटनामा निधन भयो । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका ७२ वर्षीय पूर्वसांसद भण्डारीको बिहीबार बिहान सडक दुर्घटनामा परी निधन भएको हो ।  गुल्मीको दर्लिनबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका-१ च्यानडाँडामा बिहीबार बिहान झण्डै साढे ७ बजे जीप दुर्घटना हुँदा कांग्रेस नेता भण्डारीसँगै अन्य दुई जनाको पनि ज्यान गएको हो । 

दुर्घटनामा परी भण्डारीसँगै आठ वर्षीय बालक ओश्कर विक र प्रहरी हवलदार देवीप्रसाद पौडेलको मृत्यु भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका अर्न्तगत पर्ने वस्तु निवासी नेता भण्डारी २०४८ सालको आमनिर्वाचनमा कांग्रेसका तर्फबाट गुल्मी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रीय भूमिका निर्वाह गरेका भण्डारीका दुई श्रीमती, एक छोरा र एक छोरी छन् ।
पूर्व सांसद भण्डारी २०४८ पछि नेपालमा भएका आमनिर्वाचनमा पार्टीका तर्फबाट टिकट पाएर पनि चुनाव नलड्ने व्यक्तिमा गनिन्छन् । कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी उनलाई प्रतिनिधिसभा सदस्य भइसकेपछिका हरेक निर्वाचनमा पार्टीले दिएको टिकटमा आफू निर्वाचन नलडेर आफ्ना साथीलाई चुनावी प्रतिष्पर्धामा उतारेर नेतृत्व गर्दै आएका व्यक्तिका रुपमा सम्झिन्छन् ।   

Prabhu Bank
Agni Group
NIC Asia

‘‘उहाँमा अहिलेको मान्छेमा नभएका तीन-चार वटा फरक गुण थिए । उहाँ अत्यन्तै प्रजातान्त्रिक मूल्य र मान्यतामा चल्ने, अत्यन्त सरल राजनीतिक जीवन, जतिबेला पनि अत्यन्तै हसिलो र आफूले पाएका टिकटहरु पनि साथीहरुलाई दिएर नेतृत्व गर्ने अत्यन्त धेरै विकास प्रेमी तथा सबै राजनीतिक पक्षहरुले सम्मान गर्ने व्यक्तित्व हुनुहुन्थ्यो’’ नेता भण्डारीलाई स्मरण गर्दै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बाह्रखरीसँगको कुराकानीमा भने ।  
   
कांग्रेस केन्द्रीय सदस्य भण्डारीले स्वर्गीय भण्डारीको स्मरणमा फेसबुकमा लेखेका छन्, ‘‘नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, कर्मठ, सरल स्वभावका धनी, प्रजातान्त्रिक मूल्य र मान्यतामा अविचलित, नैतिकवान व्यक्तित्व । निरन्तरताको प्रतीक !’’ 

कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ‘‘नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, गुल्मीका पूर्वसभापति एवं पूर्वसांसद तथा मेरा अनन्य मित्र रूद्रमणि शर्मा भण्डारीको असामयिक निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ’’ देउवाले भनेका छन् । 

Global Ime bank

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सामाजिक सञ्जालमा पूर्व सांसद भण्डारीलाई स्मरण गर्दै आफू अत्यन्तै मर्माहत भएको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘‘नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति तथा पूर्वसांसद रूद्रमणि शर्मा भण्डारीको आज नेटामा भएको जीप दुर्घटनामा परी निधन भएको खबरले मलाई मर्माहत बनाएको छ । उहाँको निधनले नेपाली कांग्रेस र मुलुकको लोकतन्त्रलाई अपूरणीय क्षति पुगेको छ । यो दुखको घडीमा मृतात्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु ।’’
तस्बिर सामाजिक सञ्जालबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC