site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

सप्तरी । स्रोतसाधन र बजेट अभावका कारण अस्तित्व नै सङ्कटमा परेको नेपालकै सबैभन्दा पुरानो चन्द्र नहरको स्वरुपलाई परिर्वतन गरिएको छ । 

नहर सङ्कटमा परेपछि दुई वर्षअगाडि सिँचाइ मन्त्रालयले उक्त नहर पुनःनिर्माणका लागि रु एक अर्ब ५८ करोड को निर्माण योजनालाई स्वीकृत गरेको थियो जसको फलस्वरुप अहिले नहरको पूर्वाधार निर्माणका कार्य दु्रत गतिमा भइरहेको छ । 

सन् १९२३ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९२३ मा सुरु भई सन् १९२७ मा निर्माण सम्पन्न भएको उक्त नहर सञ्चालन र व्यवस्थापनमा सुरुका दिन ध्यान दिइए पनि विगत ३५ वर्षदेखि बजेट र साधनस्रोत अपर्याप्त भएपछि सङ्कटग्रस्त बनेको थियो । 

कोसी र खाडो नदीको बाढी र भूस्खलनले नहर क्षतिग्रस्त भएपनि मर्मत नहुँदा सिँचाइको काम प्रभावित भएको थियो । पछिल्लो समयमा नहरका संरचना जीर्ण भएर कामै नलाग्ने अवस्थामा पुगेको कोसी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय राजविराजका इन्जिनियर तथा प्रविधिज्ञको भनाइ छ । 

करिब ३१ किलोमिटर लम्बाइ रहेको चन्द्र नहरको मूल नहरमा पक्की लाइनिङ, पुनःस्थापना, माटो सरसफाइ, नदी नियन्त्रण, ग्राभेलिङ, पुल, कल्भर्ट निर्माण तथा स्टिल गेट बनाउने काम भइरहेको छ । 

कार्यालय प्रमुख प्रसुन मिश्रका अनुसार मूल नहरको १४ किलोमिटरमा पाँच करोड ११ लाखको लागतमा नहरको सरसफाइ, पक्की लाइनिङ, टुटफुट, मर्मतलगायत निर्माण कार्यका लागि ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढिरहेको छ । मूल नहरमा हेडबक्स मर्मतका लागि चार करोड ७२ लाखको ठेक्का सम्झौता भएको छ । 

उक्त डिभिजन कार्यालयबाट नहर पूर्वाधार निर्माणको निरन्तर अनुगमन भइरहेको छ । लामो समयपछि नहरबाट खेत सिञ्चन हुने सङ्केत देखेपछि स्थानीय जलउपभोक्ता तथा किसान उत्साहित भएका छन् । 

लामो समयदेखि लथालिङ्ग बनेको चन्द्र नहरको पुनःनिर्माण भएमा सप्तरीको २९ वटा गाविसका ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ । वर्षको दुई पटक बाली उत्पादनका लागि पानी उपलब्ध गराउँदै आएको सो नहरबाट आगामी दिनमा वर्षभरि पानी वितरणको सुविधा उपलब्ध गराउने प्रतिबद्धता प्रमुख मिश्रले व्यक्त गरे । 

दश वटा शाखा तथा करिब एक हजार किलोमिटर प्रशाखा रहेको सो नहरबाट ओदराहा, कमलपुर, मलेठ, पिपरापूर्व, बलुवा, घोघनपुर, कञ्चनपुर, कनकटा, बरमझिया, मेनाकडेरी, हनुमानगर, गोइठी, डिवन, बनोली, सोनरा पकरी लगायतका गाविसमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । 

राष्ट्रिय जल उपभोक्ता महासङ्घका अध्यक्ष गजाधर यादवले चन्द्र नहरको पुनःनिर्माणलाई प्रभावकारी बनाउन सबैले यस अभियानमा हातेमालो गर्नुपर्ने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २, २०७३  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro