site stats
बाह्रखरी :: Baahrakhari
देश
बालाजु पौडीपोखरी १० वर्षपछि पुनः सबैका निम्ति खुला
तस्बिर : देवेश मानन्धर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु पौडीपोखरी १० वर्षपछि पुनः सबैका निम्ति खुला गरेको छ । काठमाडौं–१६ की वडाध्यक्ष रोजिना श्रेष्ठले आइतबार (जेठ १८) पौडीपोखरीबाहिर पूजा गरिन् । त्यससँगै पौडीपोखरी सबैका निम्ति खुला गरिएको हो ।

पोखरीमा १८ लाख लिटर पानी अट्ने क्षमता छ । ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरीको गहिराइ तीनदेखि १० फिटसम्म रहेको महानगरले जनाएको छ ।

Argakhachi Cement Island Ad

asgdddgmg-1748752229.jpg
पोखरीमा प्रयोग हुने पानीको शुद्धीकरणका निम्ति प्लान्ट स्थापना गरिएको छ । पानीको पीएच र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको महानगरले जनाएको छ ।

१५० जना क्षमताको दर्शक बस्ने ठाउँ छ । व्यवस्थित शौचालय र स्नान घर छ । लकरको व्यवस्था गरिएको छ । पोखरीको वरिपरि काँडेतारले सुरक्षा लगाइएको महानगरले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्