site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हेलिकोप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ। 

यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकोप्टर दुर्घटना हुँदा उनका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो। 

Prabhu Bank
Agni Group
NIC Asia

ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोलसहित दुई थान म्याग्जिन, तीन थान साबुत गोली, तीन वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी दिएको छ। 

उक्त दुर्घटनामा मन्त्री अधिकारी र जमदार घिमिरेसहित सात जनाको निधन भएको थियो। तेह्रथुमको एक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।  -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC