site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतबिरुद्ध नेपालको ऐतिहासिक जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । सावित्रा भण्डारीको दुई गोल प्रेरित नेपालले हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतबिरुद्ध २–१ को रोमान्चक जित निकालेको छ । सावित्राले खेलको सुरुआतमा गरेका दुई गोल नै नेपाललाई भारतबिरुद्ध ऐतिहासिक जित निकाल्न पर्याप्त भयो ।

भारतको उडिसास्थित कालिंगा रंगशालामा पाँचौं मिनेटमा सावित्राको गोलमार्फत  नेपालले अग्रता लिएको थियो । हिराकुमारी भुुजेलको पासलाई सदुपयोग गरेकी सावित्राले दुई मिनेट लगत्तै टोलीको अग्रता दोब्बर पारेकी थिइन् । सातौं मिनेटमा मनमाया लिम्बूको क्रसमा सावित्राले दोस्रो गोल गरेकी थिइन् ।

पहिलो हाफमा २–० ले पछि परेको भारतले ८४ औं मिनेटमा रत्नवाला देबीको गोलमार्फत पुनरागमनको प्रयास गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा बाँकी समय आयोजक भारतले गोल गर्न नसक्दा नेपाल भारतबिरुद्ध पहिलो जित दर्ता गर्न सफल भयो । यसअघि नेपालको सिनियर टोलीले भारतबिरुद्ध कुनै जित दर्ता गरेको थिएन । 

कात्तिकमा भएको ओलम्पीक छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको थियो । नेपालले अब हिरो गोल्डकपमा अन्तिम खेल फागुन १ गते इरानसँग खेल्नेछ । 

पाचौं महिला साफ च्याम्पियनसिपलाई केन्द्रित गरी हिरो वुमेन्स गोल्डकपमा सहभागी  नेपाल पहिलो खेलमा म्यानमारसँग ३–० को गोलअन्तरले पराजित भएको थियो । साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई केन्द्रित गर्दै भारतले आयोजना गरेको चार राष्ट्र सम्मलित हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro