site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपाल आइडल रवि ओडले किन मागे माफी ?

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले माफी मागेका छन् । अहिलेको लोकप्रिय लोकदोहोरी ‘सालको पात टपरी हुने ए बरै..’ गाउँदा हुबहु नगाएको भन्दै आलोभना भएपछि रविले माफी मागेका हुन् । अष्ट्रेलियाको ब्रिस्बेनमा केही दिनअघि आयोजित कार्यक्रममा रविले उक्त गीत गाउँदा गीतका अधिकांश शब्द भुलेपछि उक्त गीतका सर्जकले उनको आलोचना गरेका थिए । 

रविले सोमबार फेसबुक पेजमार्फत माफी माग्दै भनेका छन्, “ अहिले जनजनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पूरा र राम्ररी आउँदैन भन्दा पनि दर्शकको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिएँ कि यदी त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु !”

Dabur Nepal

उनले आफूले आफ्नो विगत पनि नभुलेको भन्दै लेखेका छन्, “ म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईंबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमी कहिले भुल्दिन र भुल्ने छैन ।”

उनले फेसबुकमा यसरी मागे माफी

नमस्ते सबै महानुभावहरुमा !!!
म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईंबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमी कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाइ निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन !

दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ, त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको, तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँडन अहिले म वहाहरुको साथ मा रम्न यात्रामा छु, आफू कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैले र हामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो, दर्शक श्रोताहरु माझ पर्फÞम गरिरहँदा कोही बेला यस्तो माग वा परिस्थिति आउँदोरहेछ जहाँ आफूले तयारी नगरेको वा पूरा नआउने गीतलाइ गुनगुनाईदिनुपर्ने अनुरोध आउछ, ‘सालको पातको टपरी’ मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो, अहिले जनजनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पूरा र राम्ररी आउँदैन भन्दा पनि दर्शकको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिएँ कि यदि त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु !

अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत ‘सालको पातको टपरी’ लाई बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापूर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासँग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउँदछु, अनि आदरणीय सर्जकज्युहरुबाट सधैँ माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भइरहनेछ र हामी जस्ता संगीतका विद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु !
अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाई यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तरहृदय देखि सम्मान गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु, केही उठेका विषयमा सम्मानपूर्वक आफ्नो भावना राख्न पाइन्छ, गाली गलौच र अपशब्दहरुले कतै स्थान नपावस, धैर्यधारण र संयमताको लागि अनुरोध गर्दै, यहाँहरुको माया हौसला साथ सहयोगको सधै अनुरागी रहनेछु, धन्यवाद !

–रवि ओड
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro