site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुई जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

सवारी दुर्घटनामा वसुन्धारामा एक र शङ्खरापुर नगरपालिकामा अर्का एकको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शङ्खरापुर नगरपालिका–३ जरसिंहपौवा पाखेटोल बस्ने ३४ वर्षीया मञ्जु विक आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने नखुलेको जनाइएको छ । 

टोखा नगरपालिका–७ वसुन्धारामा बा८च ८७६२ नंको कारले बा६६प ५४२५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट नगरपालिका–१० का १८ वर्षीय सफल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

Global Ime bank

आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धारामा मृत्यु भएको हो । 

मोटरसाइकल चालक वसुन्धारा बस्ने स्याङ्जा चापाकोटका प्रकाश बत्स्यालको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !