site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कान्ति बाल अस्पताललाई सरकारको ५ करोड सहयोग  
SkywellSkywell

काठमाडौं । सरकारले कान्ति बाल अस्पतालका लागि ५ करोड आर्थिक सहयोग गर्नेे भएको छ । आइतबार अस्पतालको ५७ औं वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५ करोड आर्थिक सहयोग गर्ने बताएका हुन् । 

“कान्ति लगायतका देशैभरका सरकारी अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने नीति लिएको छ,” उनले भने, “स्वास्थ्य सेवालाई सहज बनाउने संवैधानिक व्यवस्था भएपनि बजेट र जनशक्तिको अभावमा ती कामहरु तत्काल गर्न सक्ने अवस्था छैन ।”

Dabur Nepal
NIC Asia

अस्पतालमा बाल स्वास्थ्यका सबै विशिष्टिकृत सेवाहरुको स्थापना गर्ने र बाल स्वास्थ्य सम्बन्धी अध्ययनसँगै राष्ट्रिय अनुसन्धान केन्द्रसहितको बाल स्वास्थ्य अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री यादवले बताए । 

अस्पतालका निर्देशक डा.गणेशकुमार राईले अस्पतालको विकासमा सरकारले पूर्ण साथ पाउने विश्वास रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०७५  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro