राजनीति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुअ आयुक्त लोकमान सिंह कार्की सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्च अदालतले अदालतको अवेहलना सम्बन्धी मुद्दामा सातदिनभित्र आफैं उपस्थित भएर जानकारी गराउन सर्वोच्चले आदेश दिएको थियो ।
कार्की मंगलबार ४ बजे सर्वोच्च अदालत पुगेर लिखित जवाफ बुझाएका थिए । लिखित निवेदन लिएर कार्की आफैँ सर्वोच्च अदालत पुगेका हुन् । कार्कीले बुझाएको लिखित जवाफमा अख्तियार प्रमुखको रुपमा पद बहाली भए पछि आफ्नो निजी निवास भाडामा दिएर अख्तियारको निवासमा बसेको जानकारी गराएका छन् । “मेरो विरुद्धमा यसअघि जति मुद्दाहरु परे ती सबैको म्याद मेरो भाडामा दिइएको निजी निवासमा नभई म बसिरहेको सरकारी निवासमा नै तामेल भएका थिए । त्यसरी बसोबास गरिरहेको वास्तविक वतनमा तामेल भएका म्यादमा कहिल्यै पनि कुनै अनेपेक्षित स्थितिको सृजना नभएकाले मैले सम्मानित अदालतबाट हुने प्रत्येक न्यायिक कार्यमा सहयोग पुर्याएको प्रमाणित छ । तर यस पटक म नेपालमा नरहेको समयमा मैले विगत ३ वर्षभन्दा बढी समय अघिदेखि भाडामा दिइएको निवासमा किन, कसरी र कुन उद्देश्यले म्याद तामेल गर्न लगियो भन्ने म स्वम् आश्चर्यमा परेको र यो विषयमा सम्मानित अदालतको ध्याना आकर्षण होस् भनी अनुरोध गर्दछु,” कार्कीले बुझाएको जवाफमा भनिएको छ ।
उनले आफुले कसैलाई पनि कुनै किसिमको प्रभावमा नपारेको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ १६:५१
प्रतिक्रिया दिनुहोस्