site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डिजिटल भुक्तानीले सेवामा सहजता
Sarbottam CementSarbottam Cement

दाङ । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले संघीय सरकार तथा प्रदेश सरकारको भुक्तानी डिजिटल प्रविधिबाट गर्न सुरु गरेको छ । यो कार्यले सेवाग्राहीलाई सहजता भएको छ भने लेखा प्रणालीलाई चुस्त राख्न सहयोग पुग्ने भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालयमा कामका लागि कार्यालयसम्म आउनपर्ने बाध्यता हटेको कोष तथा लेखा नियन्त्रका कार्यालय दाङका सूचना अधिकारी उदय डाँगीले बताए । कार्यालयमा फाइल बोकेर आउन नपर्ने उनको भनाइ छ । “सेवाग्राहीहरुलाई सहजरुपमा सेवा दिनका लागि यस प्रकारको सेवा प्रदान गरिएको हो”, सूचना अधिकारी डाँगीले भने, “यसले सेवा सहज र छिटो हुने गरेको छ ।” कार्यालयले कुनै पनि व्यक्ति, संस्था वा कार्यालयले पाउनुपर्ने रकम सम्बन्धित व्यक्ति, संस्था वा कार्यालयको खातामा सिधै रकम पठाउने गरेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

रकम पाउनुपर्ने व्यक्ति, संस्था वा कार्यालयले सम्बन्धित कार्यालयमा आवश्यक पर्ने कागजपत्र पेश गर्नुपर्ने उनले बताए । पाउनुपर्नेको खातामा सिधै रकम पठाउँदा सेवाग्राहीलाई सम्बन्धित कार्यालयसम्म रकमका लागि पटक–पटक धाउनुपर्ने बाध्यतासमेत नहुने उनी बताउँछन् । “डिजिटल माध्यमबाट भुक्तानी हुँदा आर्थिक पारदर्शिता समेत हुन्छ”, सूचना अधिकारी डाँगीले भने । 

आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकारको र चालु आर्थिक वर्ष २०७७/०७८ बाट प्रदेश सरकारको भुक्तानी सुरु गरिएको उनी बताउँछन् । 

Global Ime bank

डिजिटल भुक्तानी प्रणालीले देशभरको आम्दानी खर्चको रिपोर्टिङमा सहजता ल्याउने पूर्व उपसचिव हरिप्रसाद पाण्डेले बताए । डिजिटलबाट भुक्तानी केन्द्रीय लेखा प्रणालीमा जोडिने हुँदा दैनिकरुपमा आम्दानी खर्चको यथार्थ जानकारी लिन सकिने उनले बताए । 

डिजिटल भुक्तानीले जिल्लामा दैनिक कति आम्दानी, खर्च भयो भनेर जानकारी लिन सकिने छ । डिजिटल भुक्तानी नहुँदा सबै आम्दानी खर्च निकाल्न समस्या हुने गरेको उनले बताए । यो कार्यले लेखा प्रणालीमा समेत सहजता ल्याउने पाण्डे बताउँछन् । 

पछिल्लो समयमा आएर यस प्रणालीबाट भुक्तानी गर्न सुरु गरिएको उनको भनाइ छ । त्यसैगरेर नयाँ आर्थिक वर्ष साउन १ गतेबाट सुरु गर्ने प्रचलनलाई वैशाख १ गतेदेखि गरिनुपर्ने पाण्डे बताउँछन् । “यसले अनुत्पादन क्षेत्रमा हुने लगानीसमेत रोकिन्छ”, पाण्डेले भने । वैशाखबाट नयाँ आर्थिक वर्ष सुरु भएमा असारे विकास गर्ने कार्य रोकिने उनको भनाइ छ ।

यसैबीच, जिल्लामा जेठ २३ गतेसम्म संघीय सरकारको खर्च खाताबाट ७ अर्ब ७८ करोड ८० लाख ३६ हजार ३६३ रुपैयाँ ९४ पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदय डाँगीले बताए । यो खर्च चालु तथा पुँजीगत दुबै गरेर खर्च भएको हो । त्यस्तै प्रदेश सरकार खर्च खाताबाट २ अर्ब ८१ करोड २६ लाख १५ हजार १७१ रुपैयाँ ८६ पैसा खर्च भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक इलाका कार्यालय नहुँदा कोष तथा लेखा नियन्त्रक कार्यालय दाङलाई नै जिम्मेवारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC