site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना उपचारको ६ हप्ताभित्र बिरामीलाई ‘ब्ल्याक फंगस’को बढी जोखिम : चिकित्सक
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । कोभिड उपचारको ६ हप्ताभित्र बिरामीहरूलाई ‘ब्ल्याक फंगस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इस्न्टिच्युट (एम्स)का वरिष्ठ नसारोग विशेषज्ञले बताएका छन् ।

एम्समा न्युरो सर्जरीका प्राध्यापक डा. पी शरत्चन्द्रले एएनआईसँगको कुराकानीमा भने, “‘फंगल’ संक्रमण कुनै नयाँ समस्या होइन । संक्रमणका धेरै कारणहरू हुनसक्छन् । सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुन नसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो संक्रमण हुनसक्छ । कोभिड उपचारको ६ हप्ताभित्रमा मानिसलाई यी कुनै पनि कारण कालो फंगसको उच्च जोखिम रहने गर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले सचेतनाका लागि भने, “सिलिन्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फंगसजस्ता समस्या निम्त्याउने खतरा हुनसक्छ ।”

भारतका विभिन्न भागहरूमा ‘कालो ढुसी’ संक्रमणका घटनाहरू जानकारीमा आइरहेका छन् । राजस्थान, गुजरात, पन्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलंगना र तमिलनाडुजस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत यसलाई ‘अधिसूचित’ रोग घोषणा गरिसकेका छन् ।

Global Ime bank

कोभिड महामारीको अतिरिक्त कालो ढुसीको संक्रमण समस्या बढ्दो चिन्ताको बीचमा दिल्लीको सर गंगाराम अस्पतालमा सानो नसाको म्युकोर्मिकोसिसको दुर्लभ घटनाहरू देखिएका छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  २१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC