site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेसीले पार गरे १०० गोलको कोसेढुंगा
Sarbottam CementSarbottam Cement

काठमाठौं । कप्तान लियोनल मेसीले १०० गोलको कोसेढुंगा पार गरेको खेलमा अर्जेन्टिनाले बुधबार बिहान अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुरासाओविरुद्ध ७–० को फराकिलो विजय हासिल गरेको छ । 

मेसीले २०औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । जुन मेसीको १००औँ गोल थियो । उनले जियोभानी लो सेल्सोको पासलाई नियन्त्रणमा लिँदै विपक्षी रक्षकलाई कटाएर हानेको प्रहार कुरासाओका गोलकिपर इलोए रुमले ठम्याउन सकेनन् । 

त्यसको तीन मिनेट वित्न नपाउँदै निकोलस गोन्जालेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेसीले ३७औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । यससँगै मेसीको अन्तर्राष्ट्रिय गोलसंख्या १०२ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा धेरै गर्ने खेलाडीको सूचीमा मेसीभन्दा अगाडि इरानका अली दाई र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो छन् । अली दाईले १०९ र रोनाल्डोले १२२ गोल गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘मेसीलाई शब्दमा वर्णन गर्न सकिँदैन । उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् । हरेक दिन हरेक खेलमा मेसीले आफूलाई प्रमाणित गरेका छन् । प्रत्येक पटक मेसीले बललाई छुँदा उनको मुहारमा मुस्कान छाउँछ,’’ आर्जेन्टिनाका फरवार्ड निकोलस गोन्जालेजले भने । 

यससँगै मेसी अर्जेन्टिनाबाट १०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । कतार विश्वकपको उपाधि विजेता मेसीले गत बिहीबार पानामाविरुद्ध गोल गर्दै व्यवसायिक करिअरमा ८०० गोल पूरा गरेका थिए । ३५ वर्षे मेसीले १७४ खेलमा १०० गोलको कोशेढुंगा पार गरेका हुन् । मेसीले २००६ मार्च १ मा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । 

Global Ime bank

मेसीले सबैभन्दा धेरै बोलेभियाविरुद्ध आठ गोल गरेका छन् । इक्वेडर र उरुग्वेविरुद्ध समान ६ गोल गरेका छन् । मेसीले लियोनल स्कालोनीको प्रशिक्षणमा सबैभन्दा धेरै ३७ गोल गरेका छन् । 

मेसीले ह्याट्रिक गर्नुअघि ३५औँ मिनेटमा इन्जो फर्नान्डेजले गोल गरेका थिए । घरेलु टोली अर्जेन्टिनाले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो । ७८औँ मिनेटमा एन्जेल डी मारियाले पेनाल्टीमा छैटौँ गोल थपे भने गोन्जालो मोन्टेलले ८७औँ मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले सहज जित निकालेको हो । 

अर्जेन्टिनाले कतार विश्वकपको समूह चरणमा साउदी अरबसँग २–१ ले पराजित भएयता कुनै पनि खेल हारेको छैन । फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै विश्वकपको उपाधि जितेपछिको पहिलो खेलमा अर्जेन्टिनाले गत बिहीबार पानामालाई २–० ले हराएको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC