site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सङ्क्रमणकालीन न्यायको अध्याय बन्द गर्न धेरै ढिलो भइसकेको छ । मूलतः राजनीतिक नेतृत्वको बेवास्ता र ‘बदनियत’ले  यसमा अनुचित ढिलाइ भएको हो । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर दुवै पक्षको नेतृत्व पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा कहिल्यै गम्भीर देखिएनन् ।

अहिले विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता मध्येका एक पुष्पकमल दाहालले नै सरकारको नेतृत्व गरेका छन् । हुनत, यसअघि पनि उनले दुईपटक सरकारको नेतृत्व गरिसकेका थिए तर त्यतिबेला सरकार स्वयं पनि सङ्क्रमणमै भएकाले न्याय सम्पादनले प्राथमिकता नपाएको भन्न सकिएला ।

अब भने त्यस्तो कुनै बहानाले प्रधानमन्त्री दाहाल उम्कन सक्तैनन् । उनले अरू सबै छाडेर पनि सङ्क्रमणकालीन न्याय सम्पादन टु‌गोमा पुर्‍याउनै पर्छ । सायद, यसैले अहिले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगसम्बन्धी विधेयक अगाडि बढाइएको होला ।   

Prabhu Bank
Agni Group
NIC Asia

सङ्क्रमणकालीन न्याय सम्पादनमा सरकारको व्यग्रता जति सराहनीय छ यसमा पर्याप्त छलफल नगराई हतारमा पारित गराउने धृष्टता उत्तिकै आपत्तिजनक देखिन्छ । त्यसमाथि, तत्कालीन विद्रोही माओवादी नेताहरूको अहङ्कारपूर्ण अभिव्यक्तिले पीडितहरूलाई उद्वेलित र नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायलाई सशङ्कित बनाउँदै लगेको छ ।

संसद्मा विचाराधीन विधेयकमा प्रस्तावित आपत्तिजनक प्रावधानप्रति असहमति जनाउनु सूचना तथा सञ्चार प्रविधिमन्त्रीले भनेजस्तो शान्ति प्रक्रियाको विरोध होइन । पीडितहरू, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायसँगै सांसदहरूले पनि अन्तर्राष्ट्रिय मान्यताविपरीतका प्रस्तावित प्रावधानको विरोध गरेका हुन् । 

Global Ime bank

फरक दृष्टिकोण राख्नेबित्तिकै शान्ति प्रक्रियाकै विरोधी ठान्नु स्वयंमा सर्वसत्तावादी सोच हो । यसैले सबैभन्दा  पहिले मन्त्रीलगायत जिम्मेवार व्यक्तिहरूले धम्कीको भाषा बोल्न छाड्नुपर्छ । बहुमतका आडमा अस्वीकार्य प्रावधान राखेर विधेयक परित त होला तर त्यसबाट स्थायी समाधान हुँदैन ।

विधेयकमा अस्पष्ट रहेका केही बुँदा र जघन्य अपराधको परिभाषामा बढी विवाद भएको देखियो । बदनियत नभए यसमा अलमलिनु जरुरी नै छैन । निहत्था व्यक्तिको हत्या, अपहरण तथा बलात्कार जघन्य अपराध हो भने मुठभेडमा भएको हत्या सामान्य फौजदारी अपराध हो ।

बन्दुक बोकेर मर्न र मार्न हिँडेका सुरक्षाकर्मी वा लडाकु मारिनु असामान्य होइन तर निहत्था नागरिक बन्दुकधारीबाट मारिनु भने जघन्य अपराध नै हो । बाँदरमुडे, दोरम्बा वा कोटबाडाजस्ता सबै घटना जघन्य अपराधको कोटीमा राखिनुपर्छ र तिनमा संलग्न दोषीले सजाय पाउनुपर्छ । 

साथै, नेपालले आफ्नै ढङ्गले अन्तर्राष्ट्रिय मापदण्डको उपेक्षा गरेर अगाडि बढे शान्ति प्रक्रिया टुंगो लागेको ठहर्दैन । यसले अन्तर्राष्ट्रिय मान्यता पनि पाउनुपर्छ । त्यसका लागि पीडितलाई परिपूरण दिएरमात्र पुग्दैन । पीडकले सजाय पाउनुपर्छ भने माफीका हकमा पीडितको सहमति अनिवार्य मानिनुपर्छ । 

यस्तै अदालतका हकमा पनि ‘स्वतन्त्र एवं सक्षम’ अदालतले गरेको निर्णयलाई मात्र अन्तर्राष्ट्रिय समुदायले मान्यता दिन्छ । सरकारले गठन गर्ने अदालतलाई ‘स्वतन्त्र’ मानिदैन । स‌विधानमा उल्लेखित उच्च अदालत गठन विधि र प्रक्रिया अपनाए यो विवाद पनि सहज र न्यायोचितरूपमै टुंगिन्छ । 

यसैले अब सांसदहरूले विधेयकलाई थप मानवीय, न्यायपूर्ण र स्वीकार्य बनाउन संशोधनका लागि दिइएको समयको सदुपयोग गर्नुपर्छ । संशोधन विधेयक पारित होस् तर उचित एव‌ आवश्यक संशोधनसहित । बदनियत नभए बहुमतका आडमा बलमिच्याइँ वा पार्टी ह्विपको दुरुपयोग गर्नु हुँदैन ।


  


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC