देश

काठमाडौं । गोदावरी नगरपालिकाले चापागाउँ सडकखण्डमा पर्ने २५ वटा घरटहरा भत्काउन निर्देशन दिएको छ ।
नगरको १० र ११ नम्बर वडामा पर्ने २५ वटा घरटहराका धनीको नाममा सूचना निकाल्दै पालिकाले आजकै मितिबाट चार दिनभित्र भत्काउन निर्देशन दिएको हो ।
सडक विस्तारका क्रममा ती घरटहरा भत्काउनका लागि आर्थिक वर्ष २०७६/०७७ मा नै क्षतिपूर्ति रकम लिएपनि हालसम्म नभत्काएको नगरको सूचनामा उल्लेख छ ।
नगरको सूचना
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ ११:४६
प्रतिक्रिया दिनुहोस्