site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–१, तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय रामबहादुर तामाङको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा हिजो राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिएको थियो । मोटरसाइकल चालक शंखरापुर–३ का १५ वर्षीय राजेन्द्र तामाङको शंखरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीचौकी नाङ्लेभारेले जनाएको छ ।

जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा४५प ५४४१ नम्बरको मोटरसाइकल हिजो साँझ करिब सवा ५ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro